क्यान्सर पिडित वालीकाको उपचारका लागी सहयोगी हातहरु थपीदै



दिपेन्द्र शर्मा, जाजरकोट । प्राण घातक रोग वाट पिडीत जाजरकोटकी स्कुले वालीकाको उपचारको लागी आर्थीक सहयोग संकलन भइरहेको छ । जिल्लाको उत्तर गाँँउ कुसे गाउँपालिका वडा नं. ७ नारे जाजरकोटकी १४ वर्षीय एलिना हमालको उपचारको लागी विभिन्न ब्यक्तिहरुले आर्थीक सहयोग गरिरहेका छन ।

घरकोे सम्पतीले यलिनाको उपचारमा सकिएपछि उपचारमा समस्या भएको छ । आर्थीक अभावमा उपचारमा समस्या भएको समचार नेपाल समचारपत्र दैनिक लगाएत विभिन्न संचार माध्यामहरुमा आए पछि विभिन्न ब्यक्तिहरुले पिडित वालीकाको लागी उपचारको लागी सहयोग गरेका हुन । घरको आर्थीक अवस्था निकै कमजोर भएकी हमाललाई आर्थीक अभावले उपचारमा समस्या हुदा विचल्लीमा छन । वालीकाका वावु छोरीको उपचारका लागी आर्थीक सहयोग माग्दै जाजरकोटका सरकारी कार्यालय,संघ सस्था ,ब्यापारी तथा अन्य ब्यक्तिहरु सहयोगको याचना गरिरहेका छन । वालीकाको वावुको नाममा गाँउमा भएको ५ रोपनी जग्गा पनि वेचिसकेका छन । उनको आम्दानीको कुनै श्रोत नहुदा छोरी वचाउन सवै लाई गुहारी रहेका छन ।

दशेैको वेलामा सवै आ आफनो घर जाने तयारीमा छन भने यलिनाका वावु दिपक हमाल छोरी वचाउन सवैको ढोका चाहारी रहेका छन । घरमा भएको सवै सम्पती यलिनाको उपचारमा सकिदा परीवार लाई दशै खर्च सम्म नभएको एलीनाका वावु दिपक हमालले वताए । “ छोरीको उपचारको लागी आर्थीक सहयोग गरिदिन सवै लाई अनुरोध गर्दै सवैको दैलोमा जान्छु,सक्ने जति सहयोग गर्ने गर्नु भएको छ उनले भने । छोरीको उपचारमा सहयोग गरिदिन आग्रह गरे पछि जाजरकोटमा विभिन्न मशानुभावहरुले सहयोग गर्न थालेको दिपकले वताए । हमालकोे घरको आर्थीक अवस्था निकै कमजोर भएकोले उनको उपचारको लागी विभिन्न ब्यक्तिहरुले सहयोग प्रदान गरिरहेका छन ।

प्राण घातक रोग रगत क्यान्सर वाट पिडित वालीकाको उपचारमा सहयोग गर्न जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले २ हजार पाँच सय,शिक्षक राम वहादुर शाहीले ५ हजार,विद्यालय निरिक्षक मान वहादुर गिरीले १ हजार , समाजसेवि रणवहादुर कार्की १ हजार, नगेन्द्र शाह १ हजार ,कुसे गाँउपालीका ६ नम्बर वडाका अध्यक्ष अमर वहादुर शाहीले १ हजार लगाएतका विभिन्न ब्यक्तिहरुले सहयोग गरेको एलिना हमालको उपचार सहयोग अभियानका अगुवा प्रविण नेपालीले वताए । एलिनाको उपचारमा सहयोग गर्ने थुप्रैले इच्छा देखाएको र सहयोगी हात हरु वढिरहेको नेपालीले वताए ।

प्राण घातक रोग रगत क्यान्सर वाट पिडित हमालको गत बैशाख देखि निजामति कर्मचारी अस्पताल काठमाडौंमा उपचार भैरहेको छ । एलिनाको उपचारमा सहयोग गर्न उनको नाममा सिटीजनस बैंक इन्टरनेशलमा रहेको बचत खाता नंं.०२१००००१८६ ःग्मा पनि जम्मा गरि सहयोग गरिदिन वालीकाको परिवारले सवैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्