रामेछापमा बस दुर्घटना, ३ को मृत्यु, ४ गम्भीर !



रामेछाप । रामेछापको बिटारमा बस दुर्घटना हुँदा ३ जनाको घटनस्थलमै मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । रामेछापबाट काठमाडौं आउँदै गरेको बा २ ख ६३७२ नम्बरको बस रोडबाट भिरमा खस्दा रामेछाप नगरपालिका वडा नम्बर ७ की लालकुमारी बस्नेत, ८ का दिपककुमार श्रेष्ठ र बझाङ जिल्ला रायगाउँ नगरपालिकाका उमा खड्को मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको सदरमुकाम मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस घुम्तीमा मोड्नेक्रममा सिधै भिरबाट करिब एक सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्