सहकारीमा जम्मा भएको खर्बौ रकम रोजगारीमूलक क्षेत्रमा लगानी गर्नुपर्छ: मन्त्री बस्नेत



भक्तपुर, सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले ३४ हजारभन्दा बढी सहकारीमा आबद्ध ६२ लाख नेपाली जनताको रकम संरक्षण गर्न सरकारले सहकारी ऐन ल्याएको बताउनुभएको छ ।

उपकार बचत तथा ऋण सहकारी संस्था लि मध्यपुर थिमिको आज भएको २३ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री बस्नेतले सहकारीमा जम्मा भएको खर्बौ रकम रोजगारीमूलक क्षेत्रमा लगानी गर्नसके रोजगारीका लागि विदेशिने युवालाई रोजगार बनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा सहकारीका अध्यक्ष अध्यक्ष कान्छाभक्त घजुले संस्थाले गत आव २०७३÷७४ मा करिब रु ५५ करोड ५४ लाख पुँजीबाट रु एक करोड आठ लाख सञ्चालन नाफा गर्न सफल भएको बताउनुभयो ।

कोषाध्यक्ष तुल्सीकृष्ण छुँजुले आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाले गत आवको अन्त्यसम्ममा चार हजार १२२ शेयर सदस्यबाट करिब रु पाँच करोड ६० लाख शेयरपुँजी बनाउन सफल भएको जानकारी दिनुभयो ।

सो अवसरमा मध्यपुरथिमि नगरपालिकाका कावा प्रमुख अञ्जना मधिकर्मी, नेफ्स्कूनका पूर्वाध्यक्ष कैलाशभक्त प्रधानाङ्गलगायतले सहकारीले जनताको विश्वास जित्दै गएको बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्