नितम्ब ठूलो हुनुको अर्थ !



महिलाहरुमा नितम्ब ठूलो हुनुलाई कामुकतासँग जोडिन्छ । तर नितम्बको सम्बन्ध केवल कामुकतासँग मात्र छैन । वजन ठिक्क भएका तर जिउको अन्य भागको अनुपातमा नितम्बको आकार ठूलो भएका मानिसहरु समग्र स्वास्थ्यका दृष्टिले पनि भाग्यमानी र सुरक्षित हुन्छन् ।

वजन ठिक्क भएका तर नितम्ब, जाँघ तथा खुट्टामा बढी बोसो भएका मानिसहरुमा हृदयाघात, मधुमेह तथा स्ट्रोक जस्ता समस्याको खतरा कम हुने एक अध्ययनले देखाएको छ ।

सेल रिसर्च जनलमा छापिएको अध्ययन अनुसार जिउको तल्लो भागमा बोसो कम हुने मानिसमा हृदयरोग तथा मृत्युको आशंका बढि हुन्छ ।
तर यो नियम मोटोपनाले ग्रस्त मानिसहरुमा लागू हुँदैन । किनकी उनको फोक्सो तथा मुटुको आसपास पहिले नै बोसो जमिसकेको हुन्छ र त्यसले नितम्बमा बोसो जम्मा हुनुको कुनै अर्थ छैन ।
विज्ञका अनुसार नितम्ब र जाँघ भनेको जिउको बोसो सुरक्षित रुपमा तह लगाउने उपयुक्त ठाउँ हुन् । पेटको बोसोको तुलनामा नितम्ब वा जाँघको चर्पी धेरै अर्थमा उपयुक्त हुन्छ ।
किनकी पेटको बोसोले रगतमा धेरै फ्याट्टी एसिड छाड्दछ । जसका कारण मधुमेह, इन्सुलिन प्रतिरोधक वा कोलेस्ट्रोलको खतरा बढ्दछ ।
-बीबीसी ।

प्रतिक्रिया दिनुहोस्