बसको डिक्कीमा २८ वटा खसीबोका मरेका !



नेपाल समाचारपत्र, काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै बसको डिक्कीबाट २८ वटा मरेको खसीबोका फेला परेका छन । पशुपन्छी विकास मन्त्री सन्तकुमार थारुसँगै गएको प्रहरी टोलीले बसको डिक्कीमा जबरजस्ती कोचेर ल्याइएका खसीबोका मध्ये २० वटा मरेको अवस्थामा फेला पारेको थियो ।

नागढुंगामा गएको अनुगमन टोलीले यति ठूलो संख्यामा मरेका खसी बोका फेला पारेको प्रहरीले जनाएको छ ।
उक्त डिक्कीमा १३ वटा जिउँदा खसीबोका पनि फेला पारेको बताइएको छ ।

दशैंको समयमा काठमाडौंमा खसीबोकाको अत्याधिक चाप हुने भएकाले बाहिरबाट यसरी अनधिकृतरुपमा बसको डिक्कीमा कोचेर खसीबोका ल्याउने गरिएको छ ।

बसको डिक्कीमा अत्याधिक तातो तथा अक्सिजनको कमीजस्ता कारण खसीबोका मर्ने गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्