२ नम्बर प्रदेशका २१ वटा तहको मतपरिणाम सार्वजनिक, कुन दलले कति जिते ?



नेपाल समाचारपत्र, काठमाडौ ।
दुई नम्बर प्रदेशका स्थानीय तहको मतपरिणाम आउने क्रम जारी छ। मतगणना भइरहेका १३५ स्थानीय तहमध्ये अहिलेसम्म २१ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ।

मतपरिणाम सार्वजनिक भएका २१ स्थानीय तहमा सबैभन्दा बढी कांग्रेसले ८ वटामा जित हासिल गरेको छ। कांग्रेसलाई पछ्याइरहेको एमालेले ४ वटा स्थानीय तहमा जित निकालेको छ। साथै नेकपा माओवादी केन्द्रले ३, संघीय समाजवादी फोरम नेपाल, राजपा नेपाल र नेपाल लोकतान्त्रिक फोरम समान २–२ वटा स्थानीय तहमा विजयी भएका छन्।

कुन दलले कहाँ जिते ?

नेपाली कांग्रेस

१)रौतहटको परोहा नगरपालिका

२)सप्तरीको विष्णुपुर गाउँपालिका

३)धनुषाको जनक नन्दनी गाउँपालिका

४)सिरहाको नवराजपुर गाउँपालिका

५)धनुषाको औरही गाउँपालिका

६)सर्लाहीको धनकौल गाउँपालिका

७‍) बाराको करैयामार्इ गाउँपालिका

८)सप्तरीको बेल्ही चपेन गाउँपालिका

नेकपा एमाले

१)सप्तरीको सप्तकोशी नगरपालिका

२)धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका

३)धनुषाकै बाटेश्वर गाउँपालिका

४)पर्साको पटेर्बा सुगौली गाउँपालिका

नेकपा माओवादी केन्द्र

१)सिरहाको कर्जन्हा नगरपालिका

२।सिरहाको अर्नामा गाउँपालिका

३।पर्साको ठोरी गाउँपालिका

राजपा नेपाल

१)धनुषाको हंशपुर नगरपालिका

२)सर्लाहीको कौडेना गाउँपालिका

संघीय समाजवादी फोरम

१)सिरहाको विष्णुपुर गाउँपालिका

२)सिरहाको भगवानपुर गाउँपालिका

नेपाल लोकतान्त्रिक फोरम

१)सर्लाहीको विष्णु गाउँपालिका

२)रौतहटको इशानाथ नगरपालिका

प्रतिक्रिया दिनुहोस्