रौतहटमा राजपा-कांग्रेसको झडपमा एक जनाको मृत्यु



रौतहट । बकटहरिया नगरपालिका- ८ बलुवाटोलमा आज बिहानै राजपा कार्यकर्ता र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप भएको छ।
झडपका क्रममा राजपाका ५० वर्षीय रामपुकार यादवको मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका अनुठा राय यादव, वैजु साह र झुठा यादवलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्