मन हुँदा सबै हुने



 

व्यवस्थापिका संसद्मा बेला बेलामा अनौठो निर्णय हुँदै आएको छ। सबैलाई हतार भए पनि अन्तिममा हुन्छ हुन्छ…. भन्ने प्रचलन रहेको छ। संसद्को बैठकमा पनि ठ्याक्कै त्यस्तै भयो। प्रधामन्त्री शेरबहादुर देउवालाई अमेरिका जानुपर्ने, सभामुखलाई चीन जानुपर्ने अने शीर्ष दलका नेतालाई चुनावी प्रचारमा जानुपर्ने भएपछि एकै दिन सातवटा विधेयक पारित भएको।

किन यत्रो विधेयक एकै पटक पारित भयो त? भनेर धरहराले दूरबिन सोझ्याएको त सबैलाई विदेश जाने हतारोको कारण पारित भएको पो पत्ता लाग्यो। छलफल हुनुपर्ने, बहस हुनुपर्ने विधेयक लौ है आयो भन्दै पारित गरेको भन्दै कतिपय सांसदले मनमनै जपे पनि समय लम्बिएला भनेर धेरैले मुख नखोलेको गाइँगुर्इं पनि धरहराले पत्ता लगायो।

किन यति धेरै विधेयक एकैपटक पारित भयो? सांसद नै तीनछक परेका छन्। ओहो गर्दा त जे पनि हुँदो रहेछ भन्दै सांसदहरू अब पनि यसैगरी पारित गर्दा रमाइलो हुने रहेछ भनेर गफ हान्नसमेत पछि नपरेको धरहराले दूरबिन सोझ्याउँदा यस्तो संवाद पो देख्यो त। ‘अब कार्यकाल पनि अन्तिम पुग्यो।’ सांसदहरूको बीचमा भइरहेको संवादमा फोकस गरेको त ओहो सात विधेयक एकै दिन पारित हुनु पनि ठट्टा हो भन्दै ऐतिहासिक काम भएको भन्दै सांसदहरू खुसीले गदगद देखिए।

प्रतिक्रिया दिनुहोस्