नेपालद्वारा परमाणु हतियार निषेधित सन्धिमा हस्ताक्षर



नेपाल समाचारपत्र,काठमाडौ ।
नेपालले परमाणु हतियार निषेधित सन्धिमा हस्ताक्षर गरेको छ। बुधवार साँझ न्यूर्योक स्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सन्धिमा हस्ताक्षर गरेका हुन्।

परमाणु हतियार निषेध गर्ने सन्धिमा सन्धिलाई यसै वर्ष जुलाइमा राष्ट्रसंघ सम्मेलनले स्विकारेको थियो।

जारी राष्ट्रसंघीय महासभाको ७२ औं सम्मेलनका लागि महरा न्यूर्योकमा छन्।

हस्ताक्षरसँगै नेपाल अब परमाणु हतियार निषेधित सन्धिको पक्ष राष्ट्र भएको छ।

प्रतिक्रिया दिनुहोस्