जलेश्वरमा राजपा र फोरमले खाता खोले



लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरीको जलेश्वर नगरपालिकाका १२ वडामध्ये दुई वडामा राजपा र एक वडामा फोरमले जित हासिल गर्दै खाता खोलेको छ ।
स्थानीय तह निर्वाचन अन्र्तगत महोत्तरीमा जलेश्वर नगरपालिकाका ११ र १२ वडामा राजपा नेपालले जितेको छ भने लोकतान्त्रिक फोरम नेपालले वडा नं. १ मा जित हासिल गर्दै खाता खोलको छ ।

राजपाले जलेश्वर नगरपालिकाका १२ नं. वडाबाट जितको सुरुवात गरेका छन् । राजपा नेपालका वडाअध्यक्षका उम्मेदवार रामतपेश्वर ठाकुरले प्यानलसहित जलेश्वर १२ बाट ६ सय १६ मत ल्याएर जितेको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सफी अहमदले १ सय ७१ मत प्राप्त गरेका छन् । यस्तै जलेश्वरको वडा नं. ११ वाट राजपाका वडाअध्यक्षका उम्मेदवार राम सनन्दन पाण्डेयले ६ सय ५४ मत ल्याई जित हासिल गरेको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरम नेपालका महेन्द्र साहले ६ सय १८ मत प्राप्त गरेका छन् । राजपाले जलेश्वरमा हालसम्म दुई वडामा जित हासिल गरेको छ ।

यस्तै लोकतान्त्रिक फोरम नेपालले पनि जलेश्वरबाट विजयको सुरुवात गरेका छन् । लोकतान्त्रिक फोरम नेपालका वडाअध्यक्षका उम्मेदवार अनिल झाले २ सय ८६ मत ल्याई विजयी हासिल हासिल गरेको छ । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका राकेश कुमार साहले २ सय १६ मत ल्याएका छन् । जलेश्वर १ नं. वडामा एक वडा सदस्य, दलित महिला सदस्य पनि नेपाल लोकतान्त्रिक फोरमले नै जितेको छ भने एक सदस्य राजपाले जितेको छ । दुई जना वडा सदस्य पदका उम्मेदवारको मत बराबर भएको खण्डमा गोलाप्रथाद्धारा चयन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्