श्रष्टा सम्मान स्वरुप, १० श्रष्टाका १ सय गजल बाचन



धनवीर दाहाल, रुकुम ।
मुसिकोट नगरपालिका २ रातामाटाकी २३ बर्षिया सिर्जना शर्मा आफ्नो सिर्जना प्रस्तुत गर्न जुनसुकै मञ्चमा जाँदा दर्शकदिर्घामा रहेका दर्शकको निकै उर्जाशिल भएको जस्तो अवस्थामा रहन्छन् । उनले प्रस्तुत गरेका जुनसुकै प्रस्तुतीहरु साह्रै मार्मिक र देशप्रेमी हुन्छन् ।

बुधबार रुकुम मुसिकोटमा समृद्ध समाज नेपालले आयोजना गरेको १० श्रष्टाका १०० गजल बाचन कार्यक्रममा पनि सिर्जनाको प्रस्तुतीले दर्शकलाई निकै मात्रभुमि प्रतिको मायाले उर्जाशिल बनायो । उनले बाचन गरेको एउटा गजलमा रुकुम जन्मभुमिको बारेमा बयान गरिएको थियो । “जति हेर्यो उति सुन्दर पाटो रुकुमको, स्वर्गजस्तै पुन्य भुमिको माटो रुकुमको” उनको यो गजलको पहिलो हरफले आफ्नो माटो प्रतिको माया दर्शाएको थियो । उनका थप हरफहरुले भन्छन् “संस्कृति र भेषभुषा नृत्य गान भजन, सँधै देख्न रहर लाग्ने घाटो रुकुमको, स्वर्गजस्तै पुन्य भुमिको माटो रुकुमको, पर्यावरण सुन्दर छ हरियाली भित्र, गाँउबेशी गर्न हुने बाटो रुकुमको, स्वर्गजस्तै पुन्य भुमिको माटो रुकुमको” ।

उनी मात्र होइन रुकुम त्रिबेणी गाँउपालिका मुरु की दिपशिखा ओली “शिखा” ले पनि सो कार्यक्रममा आफ्ना गजल प्रस्तुत गर्दा हलको रौनक फरक भएको थियो । उनले प्रस्तुत गरेको गजलमा पनि नारीको बेदना तथा समाजमा नारीले भोग्नुपरेको समस्याको बारेमा रहेको थियो ।

बास्तविक रुपमा रुकुमका श्रष्टाहरुले आफ्ना प्रस्तुतीहरु मार्फत देशको समसामयिक अवस्था र अन्र्तराष्ट्रिय स्तरको राजनितिक अवस्थालाई उजागड गरेका थिए । समृद्ध समाज नेपाल रुकुमले रुकुमका श्रष्टाको सम्मान तथा लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउनका लागी दशैं तिहारको अवसरमा सो कार्यक्रम आयोजना गरेको थियो ।

लुकेर रहेका प्रतिभाहरु लाई बाहिर ल्याउनुपर्नेमा समृद्ध समाज नेपालका कार्यवाहक अध्यक्ष राजु लामिछानेले बताए । रुकुमको पहिचानको रुपमा रहेका श्रष्टाहरु अझै पनि ग्रामिण स्तरमा रहेको उनको भनाई छ । समाजका महासचिव केशव बि.सीले आफ्नो संस्थाले जिल्लाको खेल, पर्यटन तथा साहित्य क्षेत्रमा काम गरेको जानकारी दिए । बुधबार जिल्लाका १० श्रष्टाले आफ्ना १०÷१० गजल बाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्