माधव नेपालकै वडामा एमालेको हार



नेपाल समाचारपत्र,रौतहट।

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालकै वडामा एमाले पराजीत भएको छ ।
नेता नेपालले मतदान गरेको रौतहटको सदरमुकाम गौर नगरपालिकाको वडा नं। २ बाट राजपा नेपालका उम्मेदवार भारी मतले विजयी भएको छ ।

एमालेका बरिष्ठ नेता माधव कुमार नेपालको गृह जिल्ला रौतहटको सदरमुकाम गौर नगरपालिकाको वडा नं।

२ बाट राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार राकेश कुमार झाले जीत हाँसिल गरी रौतहटमा राजपाको खाता खोलेको हो ।

राजपा उम्मेदवार रोकश कुमार झाले ३७३ मत ल्याई विजय हात पारको हुन भन्ने उनका प्रतिद्धन्दी बहुजन समाजवादी पार्टीका उम्मेदवार राजिन्न साहले २३९ मत प्राप्त गरेको थिए ।

यो वडामा एमालेका उम्मेदवार चौथो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्