वीरगञ्ज महानगरमा राजपाको अग्रता कायमै, कांग्रेस पछ्याउँदै



नेपाल समाचारपत्र, वीरगंज ।
वीरगंज महानगरपालिकाको बुधबार मध्यान्नसम्म ४२ सय मत गनिसक्दा राष्ट्रिय जनता पार्टीका (राजपा) मेयर तथा उपमेयर उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

अहिले वडा नम्बर १, २, ३, ३०, ३१ र ३२ मा मतगणना भइरहेको छ। नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले मध्यरातमा अग्रता लिए पनि बुधबार बिहानदेखि राजपाले पुनः कांग्रेस उम्मेदवारलाई पछि पारेका हुन्।

४२ सय मत गणना भइसक्दा राजपाका मेयर उम्मेदवार राजेशमान सिंहको १ हजार २७१ मत रहेको छ भने नेपाली कांग्रेसका अजय द्विवेदी १ हजार ६३ मतका साथ पछ्याइरहेका छन्।

संघीय समाजवादी फोरमका अजय सरावगीको मत ५८२ रहेको छ। उनी अहिले तेस्रो स्थानमा छन्।

एमालेका उम्मेदवार बसरुद्दिन अन्सारी ४६५ मतका साथ चौथो स्थानमा छन् भने माओवादी केन्द्रका युवा उम्मेदवार रहबर अन्सारीले ४४५ मत ल्याएका छन्।

त्यसैगरी नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवको ३२५ मत रहेको छ।

प्रदेश २ को एकमात्र महानगर वीरगंजमा कूल १ लाख ८ हजार ५०१ मतदाता रहेकोमा ८४ हजारको हाराहारीमा मत खसेको छ।

प्रतिक्रिया दिनुहोस्