वर्दिवासमा कांग्रेसको विजयी शुरुआत



 

लक्ष्मीकुमार साह, महोत्तरी

महोत्तरीको बर्दिवास नगरपालिका–१४ मा नेपाली कांग्रेसले वडाअध्यक्ष पदमा वडा प्यानलसहित विजयी शुरुआत गरेको छ। नेपाली कांग्रेसका वडाअध्यक्ष पदका उम्मेदवार भरत हमालले ७ सय ३ मत ल्याई विजयी भएको निर्वाचन अधिकृतको कार्यालय बर्दिवासले जनाएको छ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश महतोले ४ सय ३४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका गोविन्द पौडेलले ३ सय ६७ मत प्राप्त गरेका छन्।

यस्तै बर्दिवास नगरपालिकामा हालसम्म भएको मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ। हालसम्म कांग्रेसले प्रमुखमा ६ सय ३१ र उप–प्रमुखमा ४ सय २९ मत ल्याएको छ भने माओवादी केन्द्रले प्रमुखमा ३ सय ४४ र उपप्रमुखमा २ सय ९६ मत ल्याई दोस्रो स्थानमा रहेको छ। त्यस्तै एमाले प्रमुखमा २ सय ७५ र उप–प्रमुखमा ३ सय ७५ स्थान ल्याएर तेस्रो स्थानमा रहेको छ।

जलेश्वर नगरपालिका १ को मतगणनामा नेपाल लोकतान्त्रिक फोरमको अग्रता कायमै गरेको छ। लोकतान्त्रिक फोरमले प्रमुखमा ३ सय ६०, उपप्रमुखमा २ सय १३ मत ल्याएको छ भने नेपाली कांग्रेसले प्रमुखमा १ सय ७९, उपप्रमुखमा ८५ मत ल्याइ दोस्रो स्थानमा रहेको छ। त्यस्तै राजपा नेपालले प्रमुखमा ९३, उप प्रमुखमा ८८ मत ल्याएको छ।

मनरासिस्वा नगरपालिकामा भइरहेको मतगणनामा राजपा नेपालको अग्रता रहेको छ। राजपा नेपालले प्रमुखमा ३ सय २२ मत ल्याई अग्रपंक्तिमा रहेको छ भने माओवादी केन्द्रले २ सय १९ मत ल्याई दोस्रो स्थानमा रहेको छ। संघीय समाजवादी फोरम भने २ सय १९ मत ल्याएको छ।

भंगहा नगरपालिकामा माओवादी केन्द्र अगाडि देखिएको छ। भंगहामा हालसम्म भएको मतगणनामा माओवादी केन्द्रले प्रमुखमा २ सय ३१, नेपाली कांग्रेसले १ सय ९९ र एमालेले १०० मत ल्याएको छ भने राजपाले प्रमुखमा २०६ र उपप्रमुखमा २०५ मत ल्याई दोस्रो स्थानमा छ। यता संघीय समाजवादी फोरमले प्रमुखमा ६५ र उप–प्रमुखमा ६४ मत ल्याएको छ।

रामगोपालपुर नगरपालिकामा नेपाली कांग्रेस अगाडि रहेको छ। रामगोपालपुरमा हालसम्म भएको मतगणनामा नेपाली कांग्रेसले १ सय १५ प्रमुखमा, ७९ उप प्रमुखमा मत ल्याएको छ भने एमालेले १ सय ५ मत ल्याई दोस्रो स्थानमा रहेको छ। यस्तै संघीय समाजवादी फोरमले प्रमुखमा ९७ र उप–प्रमुखमा ६६ मत ल्याएको छ।

गौशाला नगरपालिकामा पनि माओवादी केन्द्रको अग्रता रहेको छ। गौशालामा हालसम्म भएको मतगणनामा माओवादी केन्द्रले प्रमुखमा २ सय ७३ , उप प्रमुखमा २ सय ८० मत ल्याई अग्रपंक्तिमा रहेको छ। यस्तै नेपाली कांग्रेसले प्रमुखमा १ सय ५९, उप प्रमुखमा १ सय २५ मत ल्याई दोस्रो स्थानमा रहेको छ भने संघीय समाजवादी फोरमले प्रमुखमा एक सय २४, उप प्रमुखमा एक सय ५३ मत ल्याएको छ।

महोत्तरीको सम्सी गाउँपालिकामा संघीय समाजवादी फोरम अगाडि रहेको छ। सम्सीमा संघीय समाजवादी फोरमले प्रमुखमा १ सय ३०, उपप्रमुखमा ९१ मत ल्याएको छ भने नेपाली कांग्रेसले प्रमुखमा ९४, उप–प्रमुखमा एक सय ६४ मत ल्याएको छ। यस्तै माओवादी केन्द्रले भने प्रमुखमा ४४, उप–प्रमुखमा ३३ मत ल्याएको छ।

बलवा नगरपालिकामा नेपाली कांग्रेसको अग्रता रहेको छ। बलवामा हालसम्म भएको मतगणनामा नेपाली कांग्रेसले प्रमुखमा १ सय ८२, उपप्रमुखमा १ सय ८८ मत ल्याई अग्रस्थानमा रहेको छ भने राजपा नेपालले प्रमुखमा १ सय २७, उप–प्रमुखमा १ सय १८ मत ल्याएको छ। यस्तै माओवादी केन्द्रले १ सय १८ प्रमुखमा, १ सय २९ उपप्रमुखमा मत ल्याएको छ।

एकडारा गाउँपालिकामा १ मा नेपाल लोकतान्त्रिक फोरम अगाडि रहेको छ भने २ मा नेपाली कांग्रेस अगाडि देखिएको छ। एकडारा १ मा लोकतान्त्रिक फोरमले १ सय ५६ प्रमुखमा, १ सय ३० उप–प्रमुखमा मत ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्