ढुंगा हानाहान भएपछि रौतहटको बृन्दावन नगरपालिकाको मतगणना स्थगित



नेपाल समाचारपत्र, रौतहट ।
रौतहटको बृन्दावन नगरपालिकाको मतगणना स्थगित भएको छ। मतगणनास्थलमा ढुंगा हानाहान भएपछि मतगणना रोकिएको हो। एमालेका प्रतिनिधिले मतपत्र बढि देखिएको भन्दै आपत्ति जनाएपछि गणनास्थलमा ढुंगा हानाहान भएको हो।

एमाले सांसद रामकुमार भट्टराई मतगणनास्थलमा प्रवेश गरेपछि बाहिरबाट उनीमाथि कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले ढुंगा प्रहार गरेको एमालेको आरोप छ। यतिबेला मतगणनास्थल बाहिर ठूलो संख्यामा दुवै पक्षका कार्यकर्ताहरु रहेका छन्।

मतगणनास्थल बाहिरको बातावरण तनावपूर्ण बनेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्