क्यान्सर पिडित वालीकाको उपचारका लागी सहयोग संकलन !



दिपेन्द्र शर्मा, जाजरकोट । प्राण घातक रोग वाट पिडीत वालीकाको उपचारको सहयोगको लागी जाजरकोटमा सहयोग संकलन शुरु भएको छ । जिल्लाको कुसे गाउँपालिका वडा नं. ७ (साविकको ढिमे गाविस वडा नं. ९) नारे जाजरकोटकी १४ वर्षीय एलिना हमालको उपचारको लागी विभिन्न ब्यक्तिहरुले सहयोग संकलन गर्न थालेका छन ।
घरमा भएको सम्पतीले नपुग्दा उपचारमा समस्या भएपछि विभिन्न ब्यक्तिहरुले पिडित वालीकाको लागी उपचारको लागी सहयोग संकलन शुरु गरेका हुन । घरको आर्थीक अवस्था निकै कमजोर भएकी हमाललाई आर्थीक अभावले उपचारमा समस्या भएको छ । वालीकाको वावुको गाँउमा सामान्य कृर्षी खेति किसान वाहेक कुनै कुनै स्रोत नै छैन ।
घरमा भएको सवै सम्पती यलिनाको उपचारमा सकिदा परीवार लाई दैनिक छाक टार्न पनि कठिन भएको वालीकाका वावु दिपक हमालले वताए । “छोरीको उपचारमा घरको सवै सम्पती सकियो,म संग अहिले एक रुपैया पनि छैन, आर्थीक अभावमा छोरीको औषधि उपचार गर्ने कुरा निकै कठिन भएको छ, छोरीको उपचार कसरी गरौ ” उनले भने । यलिनाको उपचारको लागी रकम जुटाउन नसक्दा निकै समस्यामा परेको हमालले वताए । छोरीको उपचारमा संलग्न डाक्टरका अनुसार रोग पुर्ण रुपमा निको पार्न २ वर्ष लाग्छ, निको नहुल्जेल २ वर्ष सम्म नियमित उपचार गराई रहनु पर्ने वताएको उनले वताए । छोरीको उपचारमा १२ लाख देखि १६ लाख सम्म खर्च लाग्न सक्ने उपचारमा संलग्न डाक्टरले वताउने गरेको हमालले वताए ।
वालीकाका वावु दिपक हमालले छोरीको उपचारमा सहयोग गरिदिन आग्रह गरे पछि जाजरकोटमा सहयोग गर्न थालेका छन । हमालकोे आर्थीक अवस्था निकै कमजोर भएकोले उनको उपचारको लागी विभिन्न ब्यक्तिहरुले सहयोग प्रदान गरिरहेका छन ।

प्राण घातक रोग रगत क्यान्सर वाट पिडित वालीका लाई सहयोग गर्न अभियान संचालन गरेका समाजसेवी प्रविन नेपाली तथा खम्ब वहादुर सिंहको विशेष पहलमा जाजरकोट उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कमान वहादुर खड्काले १० हजार कुसे गाँउपालीका ८ निवासी पहल कार्यक्रम जाजरकोटका कार्यक्रम संयोजक महेन्द्र शाही ५ हजार,छेडागाड नगरपालीका ११ जाजरकोटका राजेन्द्र वहादुर सिंह २ हजार ,विरेन्द्रनगर ११ सुर्खेतका सरु केसी १ हजार पचास,भेरी नगरपालीका ३ जाजरकोटका राजकुमार शाहले १ हजार, सहयोग गरेको वालिकाका वावु दिपक हमालले जानकारी दिएका छन । एलिनाको उपचारमा सहयोग गर्ने थुप्रैले इच्छा देखाएको र सहयोगी हात हरु वढिरहेको दिपक हमालले वताए ।
प्राण घातक रोग रगत क्यान्सर वाट पिडित हमालको गत बैशाख देखि निजामति कर्मचारी अस्पताल काठमाडौंमा उपचार भैरहेको छ । एलिनाको उपचारमा सहयोग गर्न उनको नाममा सिटीजनस बैंक इन्टरनेशलमा रहेको बचत खाता नंं.०२१००००१८६ ःग्मा पनि जम्मा गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्