नेपाली काँग्रेसले सप्तरीमा खाता खोल्यो !



शिवहरि प्रसाद भट्टराई, राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर २ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसको उम्मेदवार विजयी भएका छन् । वडाध्यक्ष पदमा रहमान अलीले ४८१ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । उहाँको प्रतिद्वन्दी एमालेका उम्मेदवार हजरत अलीले २२६ मत प्राप्त गर्नुभयो ।
नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसले ४९८, नेकपा एमालेले ३२४ र राजपाले १४४ मत प्राप्त गरेका छन् । उप प्रमुखमा नेपाली काँग्रेसले ४८१, नेकपा एमालले ३५७ र राजपाले २४० मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्