बसभित्रै पैसा लुट्ने पक्राउ



नेपाल समाचारपत्र, बाँके । चाडबाड नजिकिएकाले बैंक आसपास, बजार र यात्रुवाहक सवारी साधनको यात्रामा लुटपाटको घटना हुन थालेका छन् । बैंकमा पैसा निकालेर निस्किदा, बजार र यात्रुवाहक सवारी साधनको भीडभाडमा लुटपाट गर्नेहरु सक्रिय भएको घटनाक्रमले देखाएको छ । नेपालगञ्जदेखि सल्यानतर्फ जादै गरेका चमरे विकलाई बसभित्रै धकलपकल गरेर लुटिएको थियो । पाइन्टमा गोजीमा राखिएको ४० हजार लुटेका रुपन्देहीका प्रेम विक र दाङका बीरबहादुर नेपालीलाई पैसासहित प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ । बैंकबाट पैसा निकाल्ने, किनमेल गर्न पैसा लिएर हिड्ने भएकाले यतिबेला अधिकांशसँग पैसा हुने भएकाले लुटेराले गौडा कुरेर बसेको पाइएको छ । बैंकबाट पैसा झिकेर निस्केका बृद्धलाई लुटपाटको प्रयास गर्ने दुईजना भारतीय पक्राउ गरेपछि त्यस्तो घटना बाहिर आएको हो । चाडबाडलाई लक्षित गरेर प्रहरीले सक्रियता बढाएपछि व्यवसायिक लुटेराहरु भने धमाधम पक्राउ परिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्