मन्त्रिमण्डल अझै ठूलो बनाऊ



 

मन्त्रिमण्डल विस्तारका बारेमा सर्वत्र चासो र चर्चाको विषय बनेको छ। संविधानमा २५ जनाभन्दा बढी मन्त्रिमण्डल विस्तार गर्न नपाइने संवैधानिक व्यवस्था गरिएको छ। तर सरकारले संक्रमणकालको फाइदा उठाउँदै मन्त्रिमण्डल बढाउने होडबाजी नै चालेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि आफैले कायम गरेको रेकर्ड तोडेर अहिले ५६ सदस्यीय मन्त्रिमण्डल बनाएका छन्। देउवाको पहिचान नै जम्बो मन्त्रिमण्डल बनाउने भएको छ। देउवाले धेरैपटक रेकर्ड राखिसकेका छन्। सानोभन्दा पनि हरेक काममा ठूलै दृष्टिकोणले हेर्नै बानी परेर पनि होला।

धरहराले दूरविन सोझ्याउँदा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा अझ असन्तुष्ट देखिएको पाइयो। किन रहेछ भनेर फोकस गर्दा त अझै पनि मन्त्रिमण्डल विस्तार गरेर साठी जना जति पुर्याउन पाए हुन्थ्यो भन्ने तयारीमा रहेछन्। देउवाले यसपटक विस्तार हुने मन्त्रिमण्डल इतिहासमा अरू कसैले पनि तोड्न नसकून् भनेर जति सक्यो बढाउने भित्री इच्छा व्यक्त गरेको पाइयो। देउवाले अब लोकले के भन्छ भन्दा पनि सकेसम्म मन्त्रिपरिषद् बढाउनेतिर नै बढी ध्यान दिएको धरहराले दूरविन सोझ्याउँदा देख्यो।

प्रतिक्रिया दिनुहोस्