हिमालयन बैंकको सहयोग



 

काठमाडौं, (नेस)
हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई ११ लाख ११ हजार १ सय ११ रुपियाँ प्रदान गरेको छ। बैंकले हालै देशका विभिन्न स्थानमा भएको अविरल वर्षाका कारण आएको बाढी तथा भूस्खलनमा परि घरवारविहीन भएकाको सहयोगार्थ सो रकम हस्तान्तरण गरेको हो।

सहयोग गरकम बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर ज.ब. राणाले प्रधानमन्त्रीको कार्यालयमा आयोजित एक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्