भैरहवामा टाटा मोटर्स्को नयाँ शोरुम सञ्चालनमा



????????????????????????????????????

 

काठमाडौं, (नेस)
सिप्रदी ट्रेडिङले टाटा पेसेन्जर भेहिकलको लागि भैरहवामा नयाँ आधिकारिक शोरुम बुद्धम् अटोमार्ट सञ्चालनमा ल्याएको छ। शोरुममा टाटाका विभिन्न मोडेलका कारको बिक्री वितरणमा राखिएको छ। शोरुममा बिक्रीपछिको सेवा पनि दिइने प्रेस विज्ञप्तिमा उल्लेख छ।

पेसेन्जर भेहिकलअन्तर्गत नेपालमा टाटा मोटर्सको प्रमुख आकर्षणमा बजारको प्रमुख मल्टी युटिलिटि भेहिकल, सुमो गोल्ड, कम्प्याक्ट सेडान वर्गमा बजारमा उत्कृष्ट जेस्ट, नेपालको पहिलो मल्टी ड्राइभ ह्याच बोल्ट, टियागो र स्टाइलब्याक टिगोरलगायत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्