चीनमा ‘नेल हाउस’ भत्काइयो



 

सांघाई, (एजेन्सी)
विगत चौध वर्षदेखि सडक बीचमा ठडिएर आवागमनमा निकै बाधा पुर्याउँदै आएको चीनको सांघाईको चर्चित ‘नेल हाउस’ लाई अन्ततः भत्काइएको छ। सरकारी मुआब्जा अपुग भएको भन्दै सन् २००३ देखि सो घरका मालिकले घर छाड्न अस्वीकार गर्दै आएको थियो।

सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार अहिले ती व्यक्तिलाई ४ लाख १२ हजार अमेरिकी डलर क्षतिपूर्ति दिएर सो घर ढाल्न सहमत गराइएको जनाइएको छ। तीव्र रूपमा भौतिक विकास हुँदै गइरहेको चीनमा यस्ता थुप्रै नेल हाउस रहेको बताइएको छ।

घर मालिकले त्यस्ता घरमा किला ठोक्न नदिने भएकाले त्यसलाई किला घर भनिएको बुझिएको छ। यही घरका कारण चार लेनको सडकलाई त्यहाँ दुई लेनका रूपमा प्रयोग गर्न सरकार बाध्य रहेको थियो।

सरकारी समाचार निकायहरूले रातको समयमा सोमबार सो घर भत्काउन करिब ९० मिनेट मात्र लागेको जनाएका छन्। सो घर ढाल्न एक्स्काभेटरहरू चलाइँदा धुलो नउडोस् भन्ने हेतुले त्यहाँ पानी छर्किएको थियो।

 

प्रतिक्रिया दिनुहोस्