Young and beautiful businesswoman tired from work in the office.

बुनु थारु ।
काठमाडौंका एक १८ वर्षीय युवक आफ्नी आमासँग बस्दै आएका थिए । उनका बाबुचाहिँ विदेशमा कार्यरत थिए । एकदिन आमाले छोराको बानी–व्यवहार निकै फरक भएको पाइन् ।उसकाआँखा पनि निकै लोलाएका थिए ।

सोचिन्–सन्चो भएन होला, भोलिसम्म ठीक भइहाल्छ नि । तर अर्को बिहान अवस्था झन् नाजुक देखियो । उसले म भगवान् शिव हो र म सबैलाई मार्छु भनी घरमा आगो लगाइदिने कुरा गर्न थाल्यो । ऊ एकदमै आक्रामक देखिन्थ्यो ।

मानिसले जहिल्यै सफलता प्राप्त गर्छ भन्ने हुन्न । असफलता, विछोड, वियोगका घटना हरेक मानिसको कुनै न कुनै मोडमा आउँछ । त्यस्ता घटना कसैले सहन सक्छ, नसक्नेहरुचाहिँ मानसिक रोगको सिकार हुन पुग्ने डा. उपाध्यायको ठहर छ ।

छरछिमेकको सहयोगमा उसलाई जबर्जस्ती मानसिक अस्पताल लगियो । अहिले उपचार जारी छ ।शुरुमै अस्पताल पु¥याइएकाले सुधार हुँदै आएको र पछि बिस्तारै सामान्य अवस्थामा आउन सक्ने बताउँछन्वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्याय ।

कीर्तिपुर बस्नेसीता चौधरी (नाम परिवर्तन) २५ वर्षीया विवाहित महिला हुन् । मिलनसार र सोझो स्वाभावकी उनी कसैलाई ठाडो मुखले बोल्न सक्दैनथिन् । एकदिन डेरामा बस्ने एक मान्छेसित उनको पानीको विषयमा भनाभन भयो ।

उसले हुनु नहुनु गाली ग¥यो । उनले त्यो कुरा सामान्यरुपमा लिन सकिनन् ।यसको कारण मानसिक तनावले उनको दैनिक जीवनमा निकै परिवर्तन आयो । त्यो मान्छेले कुट्न आएको जस्तो लाग्ने, जहाँ पनि उसैलाई देख्ने भान पर्न थाल्यो रे उनलाई ।

उनी एउटै कुरा दोहो¥याई–तेह¥याई भन्ने गर्थिन् । ठीक हुन्छ होला भन्दाभन्दै धेरै दिन बित्यो । परिवार पनि आजित भए ।धामीझाँक्रीकोमा लाने, देउता भाक्ने कामहरु पनि भए । अन्त्यमा केही सीप नलागेपछि उनलाई मानसिक अस्पताल लगियो ।उपचार शुरु भएको एक वर्षमै उनी पूर्णरुपमा स्वस्थ भइन् ।

त्यस्तै एक २२ वर्षीया गर्भवती महिला जटिल मानसिक समस्याले ग्रस्त थिइन् । उनका परिवारले बेवास्ता गरी सही ठाउँमा उपचार गर्न लगेनन् । तर पनि उनले स्वस्थ बच्चा जन्माइन् । फुकफाक र धामीझाँक्रीको मात्र भरमा पर्दा समस्या झनै बढ्दै गयो ।

आखिर उनी बच्चाको पनि स्याहारगर्न नसक्ने भइन् । मानसिक उपचारबारे ज्ञान नहुँदा उनको अवस्था जटिल बन्यो । यी मानसिक बिरामीका केही उदाहरणमात्र हुन् । कोही समयमै उपचार पाएर ठीक भएका छन् भने कसैको घरपरिवारको बेवास्ता र समयमै उपचार नपाएकाले जीवन नै बरबाद भएका पनि छन् ।

हामीले खासै ख्याल नगरेको रोगमा पर्छ मानसिक रोग । हाम्रो समाजमा पनि मानसिक रोगी होलान्, कोही परिवारको सहयोगमा उपचार पाएर सामान्य जीवनयापन गरिरहेका होलान् भने कोही परिवारकोसहयोग नभएर उपचारको अभावमा अपहेलित जीवन जिउन बाध्य होलान् ।

मानसिक रोगलाई पागलको रुपमा हेर्ने सामाजिक दृष्टिकोणले गर्दा यो रोगलाई लुकाउने गरेको पनि पाइन्छ । आखिरी अवस्था भएपछि मात्र छताछुल्ल भएर बाहिर आउने गरेको छ । त्यसैले शंका लाग्नासाथ उपचारको बाटो पहिल्याइहाल्नुपर्छ ।

पछिल्लो समय सुसाइडका केसहरु बढी आउन थालेका छन् । तिनीहरुको मुख्य कारण नै मानसिक समस्या हो । अल्कोहल र लागूऔषध सेवन गरी डिप्रेसनमा गएको मान्छेले सुसाइड गर्ने चान्स बढी हुन्छ । मानसिक रोगीहरुमध्ये झन्डै १५ प्रतिशतले आत्महत्या गर्न सक्छन् भनिन्छ ।

यसमा परिवारको भूमिका प्रमुख हुने गर्छ । आखिर अस्पतालसम्म उपचारको लागि ल्याउने भनेको परिवारले नै हो । समयमै उपचार गरायो भने आत्महत्याको सम्भावना घट्दै जान्छ, नत्र भने जटिल नै हुन्छ ।

के हो मानसिक रोग?

वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्यायका अनुसार रुघाखोकी, टाउको दुखेमा तुरुन्तै थाहा पाइन्छ,तर शरीरको परीक्षण गर्दा नदेखिने रोगलाई मनोरोग भन्न सकिन्छ । यो भिडियो एक्सरे,सिटी स्क्यान, इन्डोस्कोपी, रगत जाँच गर्दा पनि देखिँदैन ।
विभिन्न स्वास्थ्य समस्या छ तर जनरल हेल्थ चेकअप गर्दा पनि देखिएन भने मानसिक रोग लागेको हुनसक्ने भनाइ डा. उपाध्यायको छ ।

पशुपति होमियोप्याथिक अस्पतालका डा. प्रेमनारायण श्रीवास्तवका अनुसार मनोरोग मानिसको मन र मस्तिष्कसँग गाँसिएको हुन्छ । जब त्यसमा गडबडी हुन्छ, उसको दैनिक क्रियाकलापमा परिवर्तन आउन थाल्छ । उसको हाँस्ने, खेल्ने, बोल्ने, निद्रा लाग्ने हरेक क्रियाकलापमा परिवर्तन देखा पर्न थालेमा मानसिक रोग लागेको हो कि भनेर शंका गर्न सकिन्छ।

विशेषज्ञहरुका अनुसार मानसिक समस्या भनेको कुनै पनि व्यक्तिले राम्ररी सोच्न नसक्ने, भावनालाई नियन्त्रण गर्न नसक्ने र व्यवहारमा असामान्य परिवर्तन हुन जाने अवस्था हो ।

भावना, आभास, स्मृति, विचार, बोली, चेतनामा गडबडी भएर उत्पन्न अवस्था लगातार रहिरहेमा मानसिक रोग भन्ने बुझिन्छ । यस्तो अवस्थाका मानिसहरु प्रायः अरुसित व्यवहार गर्न र जीवनमा आउने समस्याको सामना गर्न नसक्ने हुन्छन् ।

मानसिक रोगको कारण

जीवनमा विभिन्न प्रकारका उतारचढाव आउनु स्वाभाविक हो । जहिल्यै एउटै धारमा जीवनको गति चल्छ भन्ने छैन । मानिसको जीवनमा सुख र दुःख साथसाथै आउँछ ।

तनाव, द्वन्द्व, वैदेशिक रोजगारी, सांस्कृतिक परिवर्तन, व्यक्तित्वको गडबडी आदिसमस्याले मानसिक रोग देखा पर्छ । जैविक, सामाजिक अनि मनोवैज्ञानिक यसका मुख्य तीन तत्व हुन्छन् ।

जैविक भनेकोशरीरको रासायनिक प्रक्रिया हो । रासायनिक प्रक्रियाले गर्दा मस्तिष्क र मनमा गडबडी ल्याउँछ ।जब मस्तिष्क र मनमा गडबडी हुन्छ तब यो रोग लाग्छ ।सामाजिक व्यवहार अनि चेतन–अवचेतन अवस्थामा हुने मनोवैज्ञानिक प्रतिक्रियाले पनि यो रोग लाग्छ ।

डा. उपाध्यायका अनुसार सानो कुरामा पनि बढी चिन्ता लिने, ध्यान एकाग्र बनाउने नसक्ने, मन सधैँ उदास हुने, आफूलाई नियन्त्रण गर्न नसक्ने, डर लागिराख्ने आदि मानसिक रोगका लक्षण हुनसक्छन् । समयमै उपचार नपाउँदा लक्षण झनै बढेर अझ जटिल बन्न पुग्छ ।

मानसिक रोगले बूढो–बालक, महिला–पुरुष, धनी–गरिब कोही भन्दैन । ‘मानसिक रोग वंशाणुगत कारणले पनि लाग्न सक्छ’, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. उपाध्याय भन्छन्–‘तर त्यो सम्भावना १० देखि १५ प्रतिशत मात्र हुन्छ ।’आमाबाबुबाट बाल्यावस्थामा टाढा रहनु, तात्कालीन घटनाक्रम जस्तै– आफन्त बित्नु, नोक्सानी हुनु, पारिवारिकसम्बन्ध बिग्रनु, लागूपदार्थ सेवन गर्नु,गर्भावस्थामा संक्रमण हुनु, मस्तिष्कको वृद्धिमा रोकावट आउनु, समाजबाट टाढा रहनु,बसाइँ सर्न बाध्य हुनु, टाउकामा चोटपटक लाग्नु आदिले पनि मानसिक रोग निम्त्याउन सक्छ । कहिलेकाहीँपति–पत्नीमा यौनज्ञान र मायाप्रेमको अभाव पनि रोगको कारण बनेको देखिन्छ ।

मानसिक रोगका लक्षण

मानिसमा धेरै लक्षण एकैचोटि देखिएमा, अनौठो व्यवहार देखापरेमा, एक्लै बोल्ने, हाँस्ने, रुने गरेमा, अरुमाथि शंका गर्ने, आत्तिने, डराउने, चिन्ता गर्ने, घरबाट भाग्ने अवस्था देखिएमा त्यस्तो व्यक्तिलाई मनोरोग लागेको हो भनी शंका गर्नुपर्छ । डा. प्रेम श्रीवास्तवका अनुसार कसैलाई निद्रा अत्यधिक लाग्ने या लाग्दै नलाग्ने, एउटै कुरा दोहो¥याइराख्ने, शरीरमा कीरा हिँडेजस्तो लाग्ने पनि हुन्छ । व्यक्तिको व्यवहार, सोचाइ, अनुभवलगायतका मानसिक क्रियाकलापहरुमा असर पार्ने लक्षणहरु मूलरुपमा मानसिक रोगीमा देखिने डा. उपाध्याय बताउँछन् ।

मानसिक रोगका लक्षण शारीरिक लक्षणसँग पनि जोडिएका हुन्छन् । कसैलाई थाइराइड वा अन्य रोग छ भने उसलाई पनि मानसिक रोग लाग्न सक्छ ।डा. उपाध्यायका अनुसार सानो कुरामा पनि बढी चिन्ता लिने, ध्यान एकाग्र बनाउने नसक्ने, मन सधैँ उदास हुने, आफूलाई नियन्त्रण गर्न नसक्ने, डर लागिराख्ने आदि मानसिक रोगका लक्षण हुनसक्छन् । समयमै उपचार नपाउँदा लक्षण झनै बढेर अझ जटिल बन्न पुग्छ ।

गलत धारणा

नेपाली समाजमा मानसिक रोगबारे अझै पनि गलत धारणाहरु व्याप्त छन् ।मनोरोग भूतप्रेतले लाग्छ, त्यसको उपचार धामीझाँक्रीले मात्र गर्न सक्छन् भन्नेगलत बुझाइ छ । मानसिक रोग सरुवा रोग हो र यो रोग निको हुँदैन भन्ने गलत धारणा पनि छ । युवावस्थामा मानसिक रोग लागेको भए, बिहे गरिदिँदा ठीक हुन्छ भन्नु पनि गलत हो, यसले झन् समस्या निम्त्याउन सक्छ ।

त्यस्तै, मानसिक रोगी पागल हुन् भन्ने आमबुझाइ छ । परिवारकोकोही मानसिक रोगबाट ग्रस्त छ भने उसलाई र स्वयम् उसको परिवारलाई समाजले हेर्ने दृष्टिकोणमा पनि फरक देखिन्छ ।समाजमा जे चलनचल्ती हुन्छ, त्यसमै मानिसले विश्वास गर्ने गर्छन् । त्यही भ्रममा पर्नाले समस्या झनै बढ्न जान्छ ।

मानसिक रोगका प्रकार

विश्वमा तीन सयभन्दा बढी प्रकारका मानसिक रोगहरु पत्ता लागेका छन् । डा. उपाध्याय भन्छन्– ‘मनोरोग अति सामान्य टाउको दुखाइदेखि कडा रोग सिजोफ्रेनियासम्म पर्दछ । मानसिक रोग सामान्य र जटिल गरी दुई प्रकारका हुन्छन् । सामान्य मानसिक रोग उपचार गरे निको हुन्छ भने जटिल भएपछि लामो समयसम्म उपचार गर्नुपर्ने हुन्छ ।

सामान्य मानसिक रोग

डिप्रेसनःडिप्रेसन रोग सबैभन्दा बढी पाइने मनोरोग हो ।यो रोगका बिरामीहरु निराश हुने, बारम्बार रुने, हाँस्ने गर्दछन् ।यस्ता बिरामीहरुमा हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, मर्न मन लाग्ने हुन्छ । कतिपय डिप्रेसनकाबिरामीले आत्महत्या गरेको पनि पाइएको छ । २०–२५ प्रतिशत मानिसमा डिपे्रसन हुन्छ । यो उपचार गरे निको हुने रोग हो ।

टाउको दुखाइः मानिसमा टाउको दुख्ने समस्या बढ्दो छ । खासगरी टेन्सन हेड्याक, माइग्रेनका बिरामीहरु टाउको दुखाइको समस्या लिएर अस्पताल पुग्ने गर्छन् ।

निद्राको समस्याःकेही मानिसमा निदाउन गाह्रो हुने, निद्रामा डराउने, निद्रामा हिँड्ने समस्या पाइन्छ ।
डर लाग्ने समस्याः मानिसमा डर लागिरहने, मुटु ढुकढुक गर्ने, हात हल्लने, टाउको दुख्ने, अचानक डराउने समस्या हुन्छ । जुन औषधि सेवन र साइकोथेरापी गरे निको हुन्छ ।

मनोवैज्ञानिक समस्याः बालबालिकामा चकचक गर्ने, रिसाउने, चोर्ने, झगडा गर्ने, स्कुल जान नमान्ने, स्कुलबाट भाग्ने, एक्लै बस्ने आदि समस्या पाइन्छ । साथै बच्चामा डिप्रेसन वयष्कमा भन्दा फरक लक्षण लिई देखा पर्छ । यस्तोमा उचित परामर्श जरुरी छ ।

कन्भर्सन डिसोसिएटिभ डिसअर्डर: अचानक हात खुट्टा नचल्ने, स्वास फेर्न गाह्रो हुने, उल्टो कुरा गर्ने, बोली रोकिने, काम्ने, बिर्सने आदि लक्षण यसमा देखिन्छ ।

सोमाटोफर्म डिसअर्डर: यो यस्तो रोग हो, जसमा शरीरका विभिन्न अंगका लक्षण लिएर बिरामी अस्पताल आउँछन् । जस्तै– टाउको दुख्ने, पेट दुख्ने, हातखुट्टा हल्लिने आदि । यस्ता बिरामील्याब परीक्षणसमेत गराई विभिन्न डाक्टरकहाँ उपचारार्थ पुग्छन् । तैपनिसमस्या निको भएको महसुस गर्दैनन् ।कुनै खराबी पनि देखिँदैन, जुन साइकोलोजिकल कारणले भएको उनीहरुलाई थाहै हुँदैन ।

कडा खालका मानसिक रोग

मेनियाः यो रोग लागेपछि बिरामीले टेर्दैन, भनेको नमान्ने हुन्छ । आक्रोसमा आई पिट्ने गर्छ । झगडा गर्न तम्सिन्छ ।कहिले मेनिया हुने र कहिले डिप्रेसन देखिने रोगलाई बाइपोलर डिसअर्डर भनिन्छ ।

सिजोफ्रेनियाः यो यस्तो रोग हो, जसमा बिरामीलाई आफू बिरामी भएको थाहा हुँदैन । बिरामी एक्लै बस्दा कानमा आवाज आउँछ, बिरामीले सरसफाइमा ध्यान नदिने, घरबाट भाग्ने, दैनिक काममा मन नलगाउने,संगत छोड्ने आदि हुन्छ ।

त्यस्तै अन्य मानसिक रोगहरुमा छारेरोग पनि हो । यसमा अचानक शरीर कडा हुने, काम्ने, बेहोस हुने,आँखा हल्लिने, जिब्रोमा चोट लाग्ने आदि हुन्छ ।

त्यसै गरी लागूऔषधको सेवन अनि रक्सीको कुलत पनि मानसिक रोग हो, जसमा रोगीले आफ्नो कुलत छोड्न नसक्ने स्थितिमा पुगेको हुन्छ । यस्तो कुलतले मुटु–कलेजोको रोग, डिमेन्सिया, डर लाग्ने, डिप्रेसन पनि हुन सक्छ ।

अर्को खाले भनेको सुस्त मनस्थिति भएकाहरु पनि छन् । जसमा उनीहरुको बौद्धिक क्षमतामा कमी हुन्छ । सिक्ने, पढ्ने कुरामा निकै पछि पर्छन् । यस्तोमा उनीहरुलाई सीप सिकाई उनीहरुको बुद्धिले भ्याएसम्मको काममा लगाउनुपर्छ ।

मानसिक रुपमा स्वस्थरहने उपाय

डा. उपाध्यायका अनुसार हामीले चाहिनेभन्दा बढी आशा नगर्ने, आफूसित जे छ त्यसमा सन्तुष्ट र खुसी हुने गर्नुपर्छ । मेहनत गर्न नछोड्ने, लागूपदार्थ सेवन नगर्ने, रक्सी–चुरोटको कुलतमा नफस्ने गर्नाले पनि मानसिकरुपमा स्वस्थ रहन सकिन्छ ।

त्यस्तै मनमा रहेका समस्या आफ्नो मन मिल्ने साथीलाई सेयर गर्नाले मानसिक रोग लाग्ने सम्भावना कम हुन्छ। सन्तुलित खाना, स्वस्थ जीवनशैली, ध्यान आदिले पनि मानसिक तनावबाट जोगिन मद्दत गर्ने डा. श्रीवास्तव बताउँछन् ।

डा. श्रीवास्तवका अनुसार जहिल्यै पनि सकारात्मक सोचाइ राख्नु राम्रो हुन्छ । गलत सोचाइले गलत परिणाम नै निम्त्याउने गर्छ । अनावश्यक कुरामा बारम्बार एकोहोरो गहिरोरुपमा सोचाइ नगर्ने, अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुशी हुने, पुराना रुढिवादीका कुरा जुन वर्तमानमा झुटा साबित भएका छन् तिनमा विश्वास नगर्ने, हरेक काममा खुशी, सन्तुष्टी र सुखी बन्न सिक्ने बानी बसाल्नुपर्छ ।

उपचार कहाँ र कसरी?

सरकारीस्तरबाट सञ्चालन हुँदै आएको एकमात्र मानसिक अस्पताल, लगनखेलमामनोरोगका बिरामी उपचारका लागि जान सक्छन् । अन्य सरकारी अस्पताल र निजी अस्पतालमा पनि मानसिक रोगको उपचारका लागि छुट्टैविभाग सञ्चालन गरिएका छन् ।

केही गैरसरकारी संस्थाले पनि यसको उपचार गर्न सहयोग गर्दै आएका छन् । काठमाडौंबाहिर धरान, विराटनगर, भरतपुर, पोखरा, नेपालगञ्ज, बुटवल, वीरगञ्ज, भैरहवाजस्ता मुख्य शहरका स्वास्थ्य संस्थामा पनि मानसिक रोग विशेषज्ञहरुले सेवा दिँदै आएको पाइन्छ ।

अधिकांश मानसिक बिरामीहरु सबैतिरबाट वाक्क भएर जटिल भएपछि मात्र उपचारका लागि अस्पताल धाउँछन् । मानसिक रोग खतरनाक हुन्छ, उनीहरुलाई अस्पताल जान सुझाउन धामीझाँक्रीहरुलाई पनि यो अभियानमा ल्याइनुपर्ने धारणा डा. उपाध्यायको छ । उनी भन्छन्– मानसिक रोगी राम्रो विज्ञकहाँ जँचाएर उचित परामर्श लिई उपचार गराएमा ठीक हुन्छन् ।तर उपचार शुरु गरिसकेपछि डाक्टरको सल्लाहविना बीचमै औषधि छाड्नुहुन्न ।

मानसिक रोग उपचारका विभिन्न विधि छन् । कग्निटिभ बिहेवियर थेरापी (सीबीटी),हिप्नोसिस थेरापीदेखि चाइनिज विधि अकुपञ्चर पनि छन् । डा. उपाध्याय भन्छन्– तर मानसिक सन्तुलन गुमाएका बिरामीलाई यी विधि त्यति काम लाग्दैनन् । सामान्य खालका मानसिक रोगी, लागूऔषध–अल्कोहलबाट सृजित समस्यामा यी विधि काम लाग्न सक्छन् । तर अरुलाई औषधि नै चलाउनुपर्छ ।

’उहाँका अनुसार सेन्स आर्गन नै डिस्टर्ब भएकोमा यस्तो उपचार काम लाग्दैन । कडा खालको मानसिक रोगमा औषधिबाट मात्र उपचार हुनसक्छ। विद्युतीय झड्का दिएर गरिने उपचार पनि अर्को विकल्प पनि हुनसक्छ । सामान्य खालको मानसिक रोगको उपचार होमियोप्याथी विधिबाट पनि हुने डा. श्रीवास्तव बताउँछन् ।

महत्वपूर्ण कुरा दिनमा कम्तीमा आधा घण्टा पसिना निकाली व्यायाम गर्नाले, राम्रो भोजनले पनि स्वस्थ हुन मद्दत गर्छ । एन्जाइटी डिसअर्डर हुनेले कडा खालको कफी, चिया नपिउनु नै बेस हो । धूमपान तथा मद्यपान नगर्नु भनेरसल्लाह दिने गरेको डा. उपाध्याय बताउँछन् ।

मानसिक रोगीसँग गर्ने व्यवहार सही हुुनुपर्छ । जहिल्यै पनि प्रोत्साहनपूर्वक व्यवहार गर्नुपर्छ । मानसिक रोग लाग्दैमा मान्छे अयोग्य हुँदैन । उपचारपछि पुनः दक्षतापूर्वक काम गर्न सक्छ । बिरामीका लागि मिल्दो व्यवहार नै उसको पहिलो औषधि हो । मानसिक रोगीलाई घर–परिवारको एकदम खाँचो हुन्छ । तर रोग लागेको थाहा पाएपछि उपचारको साटो लुकाउने चलन छ । यस्ता बिरामीलाई साङ्लोमा बाँध्ने, थुनेर राख्ने, हेला गर्ने, यातना दिने गरेको पाइन्छ । यो अबुझपन हो ।

आराम, पर्याप्त निद्रा, सन्तुलित तथा स्वस्थ खानपानमा ध्यान पु¥याउने हो र डाक्टरको निगरानीमा रहने हो भने रुघाखोकीजस्तै सामान्य मनोरोग केही दिनमै ठीक हुन्छ ।तर कडा खालको मानसिक रोग छ भने जीवनभरउपचार गराइराख्नुपर्ने पनि हुन सक्ने डा. उपाध्याय बताउँछन् ।

के मानसिक रोग दोहोरिन सक्छ?

मानसिक रोग मात्र होइन, अन्य थुप्रै रोग दोहोरिन सक्छ । रुघाखोकी, टाइफाइड नै कैयौं दोहोरिएको पाइन्छ । एकपटक देखा परेको मानसिक रोग ख्याल गरिएन भने पुनः दोहोरिन सक्ने मानसिक रोग विशेषज्ञ डा.कपिलदेव उपाध्याय बताउँछन् ।त्यसैले समयमै यसको सही ठाउँमा उपचार गराउनुपर्नेमा जोड दिनुहुन्छ डा. उपाध्याय । उनी भन्छन्– ‘रोग दोहोरिन नदिने वातावरण परिवारले सृजना गरिदिनुपर्छ । साथै जीवनशैली, आहारविहार, खानपिनमा समेत ध्यान पु¥याउन आवश्यक छ ।’

निःशुल्क उपचारका लागि सर्वोच्चको परमादेश

मानसिक सन्तुलन गुमाएका नागरिकहरुका लागि निःशुल्क सुरक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्न गत महिना सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई परमादेशको आदेश दिएको छ । सर्वोच्च अदालतले मानसिक सन्तुलन गुमाएकानागरिकहरुको आधारभूत स्वास्थ्य निःशुल्क पाउनुपर्ने हक भएको उल्लेख गर्दै त्यसका लागि कानुनी व्यवस्था गर्न सरकारलाई परमादेश दिएको हो ।

मानसिक सन्तुलन गुमाएका कतिपय व्यक्तिलाई उपचार गर्ने रकम नभएका कारण वर्षौंदेखि घरमै साङ्लोले बाँधेर राखेको पाइन्छ । त्यस्तै मानसिक सन्तुलन गुमाएका कतिपय व्यक्तिहरु सडकमा भौंतारिने गरेका पनि देखिन्छन् । उनीहरुलाई राज्यले कुनै पनि सुरक्षा प्रदान गरेको देखिँदैन । ती व्यक्तिहरुलाई उनीहरुका नातेदारले पनि हेरचाह गरेको पाइँदैन ।

त्यसैले सरकारीस्तरबाट उनीहरुका लागि निःशुल्क उपचारको व्यवस्था गर्न जरुरी देखिन्छ ।
हुन त छारेरोग, डिप्रेसन र मानसिक सन्तुलन गुमाएका विपन्न नागरिकलाई सरकारले निःशुल्क औषधिको व्यवस्था गरेको मानसिक रोग विशेषज्ञ डा. उपाध्याय बताउँछन् । तर धेरैलाई यसबारेमा थाहा नहुँदा उनीहरु उपचारबाटै वञ्चित हुनुपरेको अवस्था छ । त्यसैले पनि कानुन बनाएर सरकारले औषधिसहित सम्पूर्ण उपचारको व्यवस्था गर्नु आवश्यक छ ।

व्यक्ति, समाज र सरकारको दायित्व

स्वास्थ्यकर्मी मात्र हैन, समाजमा व्यक्ति, घरपरिवार र समुदाय पनि उत्तिकै जिम्मेवार हुुनपर्छ । हाम्रो समाजमा मनोरोगलाई हेर्ने दृष्टिकोण आफैंमा पनि संकुचित छ र मनोरोग लागेपछि परिवार आत्तिने गरेको पाइन्छ । समाजले के भन्ला, ठीक होला कि नहोला भन्ने चिन्ताले सताउन थाल्छ ।

मनोरोगीहरुलाई पेसामा, समुदायमा, राज्यमा सबैतिर विभेद छ । सो विभेद हटाउन परिवारबाटै शुरु गर्नुपर्छ ।अहिले निजी क्षेत्रले पनि मानसिक स्वास्थ्यको बारेमा धेरै समेट्न थालेको छ । मनोरोग विशेषज्ञहरु पनि उत्पादन भइरहेका छन् । यस अवस्थामा हरेक अस्पतालमा मानसिक रोगको उपचारका लागि छुट्टै विभागसञ्चालन हुनुपर्छ ।

राज्यले मनोरोगबारे पर्याप्त चेतना जगाउनुपर्छ । सरकारले अन्य रोगहरुमानीति बनाएर सचेतना बढाएजस्तै मानसिक रोगबारे पनि प्रस्ट नीति बनाएर लागू गराउनुपर्छ । अझै पनि धेरै मानसिक रोगीहरु रोग लुकाएर बस्न बाध्य छन् । उनीहरुले उपचार पाउन सकेका छैनन् । त्यसैले जिल्लाका स्वास्थ्य केन्द्रहरुमा दक्ष मानसिक स्वास्थ्यकर्मी पठाउनुपर्छ ।

यसो भएमा रोगको तत्काल पहिचान गरेर विज्ञ भएको अस्पतालमा रिफर गर्न सकिने डा. उपाध्यायको भनाइ छ ।राज्यले मानसिक रोगकोउपचारका लागि गाउँ–गाउँमा शिविर पनि चलाउनुपर्छ । यसो गर्दा मानसिक स्वास्थ्यबारे चेतना जगाउन सजिलो हुन्छ र बिरामी पत्ता लगाउन पनि सजिलो हुन्छ । अझै पनि हाम्रो समाजका मानिसहरु आफू र आफ्ना नातेदारलाई मानसिक रोग लाग्यो भनेर हेक्का गर्दैनन् ।

अरु केही रोग लागेमा डाक्टरकोमा जाने तर मानसिक रोग लागेको छ वा छैन भनेर जँचाउन गएको पाइँदैन । जानेबुझेकाहरु पनि डराउँछन् । मानसिक रोगी ठीक हुन परिवारको साथ र समाजको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ ।

LEAVE A REPLY