चुडामणि शर्माको घरमा बम विस्फोट !



काठमाडौँ । भ्रष्टाचारको मुद्दा खेपिरहेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक तथा कर फछ्र्यौट आयोगका सदस्यसचिव चुडामणि शर्माको घरमा बम विस्फोट भएको छ ।

बूढानिलकण्ठमा रहेको घरमा गएराति परिचय नखुलेको समूहले बम विस्फोटक गराएको हो । प्रहरीका अनुसार विस्फोटबाट शर्मा घरको गेटमा क्षति पुगेको छ । घटनास्थलमा विजुलीको तारलगायत र अन्य केही वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्