राजनीतिक निष्ठाका कारण राजनेता बलात्कृत



 

स्टकहोम, (एजेन्सी)
स्विडेनका एक राजनेताले फेसबुकमा राजनीतिक झुकावका कारण चक्कु देखाएर आफूलाई बलात्कार गरेको पोस्ट गरेका छन्। प्याट्रिक लिल्जिगोल्ड फेलुन शहरका बामपन्थी दलका नेता हुन्। बिहीबार साँझ परिषद्को बैठकमा उनले उक्त घटनाका बारेमा बताएका थिए। प्रहरीले यस मामिलामा छानविन गरिरहेको छ। स्विडेनको एसभिटीले यस मामिलामा अहिलेसम्म कसैलाई पक्राउ नगरिएको जनाएको छ। नेसनल फोरेन्सिक सेन्टरले पनि यस मामिलामा काम गरिरहेको गरिएको जनाएको छ। नेसनल फोरेन्सिक सेन्टरले पनि यस मामिलामा काम गरिरहेको छ।

लिल्जिगोल्डले उक्त घटनामा जुलाइको अन्त्यतिर एक साँझ घर गइरहँदा आफूमाथि आक्रमण भएको भएको बताएका थिए। आफूमाथि जुन दुर्घटना भएको थियो त्यसलाई त्यतिकै आफूले दबाएको भए कसैलाई यस विषयमा थाहा नहुने बताए। तर यो राजनीतिबाट प्रेरित भएकाले आफूले यसलाई बताउनु नै पर्ने महशुस गरेको उनले बताए। उनले भने– ‘ममाथि अत्यन्तै नराम्रो व्यवहार भयो। किनभने म बामपन्थी हुँ। मलाई गद्धार भनियो र चक्कु देखाएर बलात्कार गर्यो।’
उनले फेसबुकमा लेखे– ‘आज म यहाँ छु किनभने मलाई लोकतन्त्र हाम्रो समाजको अभिन्न अंग हो भन्ने लाग्छ। मलाई यो कुरा बताउनुपर्छ भन्ने लागेको छ।’ बामनेताले आफ्नो एजेन्डा नछोड्ने तर जे भयो त्यसपछि त झन दृढतासँग लड्ने बताए।

‘लोकतन्त्रभन्दा ठूलो केही छैन, मानिसहरु यसको अधिकारका लागि हरेक दिन मरिरहेका छन् र हाम्रा मातापिताको संघर्षका माध्यमबाट जुन अधिकार हासिल भएको छ त्यसका लागि हामी संघर्ष जारी राख्ने छौं’ –उनले बताए।

प्रहरी प्रवक्ता स्टिफन डेंगर्टले हमला भएको स्थानको जाँच भइसकेको र परिणामहरु फारेन्सिक विशेषज्ञ समक्ष विश्लेषणका लागि पठाइसकेको जानकारी दिए। उनले भने– ‘यदि यसको पछाडि राजनीतिक निष्ठा हो भने यो प्रस्ट रूपमा हेट क्राइम हो।’ फेसबुकमा प्रयोगकर्ताहरुले लिल्जिगोल्डको समर्थन गरेका छन् र उनको बहादुरीका लागि उनको सराहना गरेका छन्। एक जनाले लेखेका छन्– ‘मैले पार्टीमा तपाईंको सहयोगी भएकोमा गर्व गर्छु र जुन कुरा तपाईंमाथि भयो, त्यसप्रति मलाई अत्यन्त अफसोच छ। तपार्इंको साहस र तपाईंको क्षमता अविश्वसनीय र प्रेरणादायी छ।’

वामदल स्विडेनमा छैठो सबैभन्दा ठूलो पार्टी हो। यसले आफूलाई समाजवादी र नारीवादी भन्ने गरेको छ। यो मुख्य रूपमा रोजगार, कल्याणकारी सेवा र लैंगिक समानताको अधिकारका लागि कार्यरत रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्