सिजनको अन्तिम पौडी आजदेखि



 

काठमाडौं, (नेस)
नेपाल पौडी संघको आयोजनामा आज र भोलि दुई दिन एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ।जाडो याम शुरू हुन लागेकाले यो वर्ष संघले आयोजना गर्ने यो वर्षको अन्तिम प्रतियोगिता हुने संघका महासचिव जगतमान श्रेष्ठले बताए।

नयाँ खेलाडीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्य राखिएको प्रतियोगितामा खुल्लातर्फ २६ र उमेर समूहमा ३३ गरी कूल ५९ वटा इभेन्टस समावेश गरिएको हिजो आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक तथा संघका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक महेश नेवाले बताए।

यी सबै खेलमा १ सय ८४ खेलाडीहरूले नाम दर्ता गरिसकेका छन्। जसमा पुरुषतर्पm १ सय १२ र महिला खेलाडीको संख्या ७२ रहेका छन्। खुला प्रतियोगिता भएकाले यसमा राष्ट्रियदेखि उमेर समूहका खेलाडीहरूले खेल्नेछन्।

खुल्ला प्रतियोगिता भएकाले यो कुनै प्रतियोगिताको छनोट खेल नभएको तर राष्ट्रिय कीर्तिमान तोडिए संघले दिंदै आएको पुरस्कार भने प्राप्त गर्ने पौडी संघका महासचिव श्रेष्ठले बताए। प्रतियोगिताको कुल बजेट ५ लाख रुपियाँको छ। जसमा आधा जति बजेट राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गर्नेछ भने बाँकी बजेट संघको आन्तरिक श्रोतबाट उपलब्ध हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्