थानकोटमा ग्लोबल आईएमईद्वारा बैंकिङ सेवाको जानकारी



 

नेपाल समाचारपत्र
काठमाडौं
ग्लोबल आईएमई बैंक थानकोट शाखाले बैंकिङसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका नवनिर्वाचित सम्पुर्ण जनप्रतिनिधि तथा उक्त क्षेत्रका बासिन्दाको उपस्थितीमा बैंकले आफूले प्रदान गरिरहेका सेवा सुबिधा तथा बैंकिङ सेवाको आवश्यकता बारे जानकारी गराएको छ।

अन्तरक्रियात्मक कार्यक्रममा उपस्थितले अत्याधुनिक बैंकिङ सेवा, बैंकको व्याजदर सम्वन्ध तथा भुकम्प पिडितलाई आवास कर्जा लगायतका विषयमा जिज्ञासा राखेका थिए। साथै चन्द्रागिरी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले वृद्धभक्ता वितरण, शाखा रहित बैंकिङ सेवा लगायत अन्य सुबिधाको माध्यमबाट त्यसक्षेत्रका बासिन्दामा बैंकिङ सेवाको पहुँच पुर्याउन आफुहरुले बैंकसँग सहकार्यमा जोड दिने बताएका थिए।

उक्त अन्र्तक्रियात्मक कार्यक्रममा उठेका विषयको बारेमा बैंकका तर्फबाट बजार व्यवस्थापन एवम् व्यवसाय प्रवद्र्धन विभागका प्रमुख गणेश अवस्थी तथा सहायक महाप्रवन्धक सुरेन्द्रराज रेग्मीले जानकारी प्रदान गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्