१०० दिन १८ काम



 

ईश्वरराज ढकाल

 

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हल्नुभएको सय दिनमा मन्त्रालयले गरेको कामको विवरण सार्वजनीक गरिएको छ। शिक्षा क्षेत्रमा राजनितक गरेको आरोप खेपिरहेका मन्त्री श्रेष्ठले आफ्नो कार्यत्रकालयमा १८ वटा उत्कृष्ठ काम गरेको दाबी गर्नुभएको छ। उच्च स्तरीय शिक्षा आयोग गठन, शिक्षा ऐन संशोधन, नमुना व्द्यिालय छनौट लगायतका काम गरेको उल्लेख गरिएको छ। उहाको सय दिनमा गरेको कामको विवरण यस प्रकार रहेका छन्।

 

१. प्रारम्भीक बाल शिक्षादेखि विश्वविद्यालय शिक्षा सम्मके समग्र निति निर्माण कार्यक्रम कार्यान्वयनको अध्ययन एवं विश्लोषण गरी संघ, प्रदेश र स्थानीय त अनुकुल शिक्षा निति, कार्यक्रम र संगठनात्मक स्वरूपाको सुधार एवं परिमार्जन गर्नका लागि नेपाल सरकारलाई सुझाव दिन शिक्षा मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठन भएको

२. सेफ स्कुल पोलिसिको ड्राफ्ट तयार भएको, सरोकारवालासंग छलफल गरी निर्णयको प्रकृयामा जाने क्रममा रहेको जसमा डिआरआर मैत्री विद्यालय शिक्षा सुनिश्चित गर्न सहज हुनेछ।

३. टिइभिटी पोलिसि २०१२ पुनरावलोकन भएको, ३ जना विज्ञहरू खटाइए टिइभिटी डायलग ड्राफ्ट रिपार्ट तयार भएको। विषयगत मन्त्रालयसंग छलफलका लागि बोलाइएको। टिइभिटी पोलिसि २०१२ रिभिजनको आधारहरू तयार भएको।

४. नेपाल सरकार र विश्व्बैक बिच व्ययसायीक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रो संचालनका लागि ६० मिलियन अमेरिकी डलर सम्झौता सम्पन्न।

५. १ सय ९७ माध्यामिक विद्यालयहरूलाई नमुना विद्यालयको रूपमा विकास गर्न छनौट गरी पहिलो चरणको अनुदान निकासा।

६. विद्यालय तहको शैक्षिक कार्यक्रमहरूको सुपरीवेक्षण अनुगमन मुल्याङन कार्यलाई प्रभावकारी बनाउन स्थानीय तह समेतले प्रयोग गर्नको लागि अनुगमन साधन सहितको स्रोत सामाग्री विकास।

७. राज्यको पुनसंरचान अनुकुल स्थानीय तह अनुसार
स्रोतव्यक्ती समायोजन गरीएको।
स्थानीय तहमा उपसचिव अधिकृत र प्राविधिक सहायक सम्मका कर्मचारी खटाइएको र थप खटाउनको लागि तयार भएको।

८. आव ०७४⁄०७५ को स्थानीय तहमा विनीयोजित शिक्षा क्षेत्रको कार्यक्रम तथा बजेट र जिशिकामा विनियोजित कार्यक्रमको कार्यान्वयनको लागि कार्यक्र कार्यान्वयन पुस्तिका तयार गरी वितरण गरीएको।

९. खुला व्द्यिालयका विद्यार्थीहरूका लागि संसोधित पाठ्यक्रमको आधारमा मुल विषयको पाठ्यपुस्तक विकास र वितरण।
१०. शैक्षिक जनशक्ती विकास केन्द्रमा प्रत्यक्ष कक्षा संचालन (भर्चुअल कक्षा)का लागि टेली एजुकेशन सेन्टर भवन निर्माण कार्यसम्पन्न। भर्चुअल कक्षाका संचालनका लागि विगतमा संचालन गरिएका ११ जिल्लाका एक सयवटा विद्यालयमा जस्तै थप ६५ वटा विद्यालयहरूमा उपकरण व्यवस्थापन सहित कक्षा संचालन।

११. ४ वटा जिल्ला साक्षर जिल्ला घोषणा –सिन्धुली, मनाङ, इलाम र गोरखा)।

१२. खुला आधारभुत विद्यालय कक्षा ६–८ को परिवर्तित संचरना र व्यवस्था अनुसार पाठ्यपुस्तक र शिक्षक निर्देशिका विकास।

१३. मध्यपश्चिम र सुदुर पश्चिममा रहेका २५ वटा सामुदायीक क्याम्पसलाई सोही क्षेत्रमा स्थापना भएका विश्वविद्यालयहरूको आंगिक क्याम्पस बनाउन सम्भाब्यता अध्ययन गर्न गठित समितिले सम्भाब्यता अ्रध्ययन गरी प्रतिवेदन पेश गरेको
र अनुदान रकम समेत निकासा
भैसकेको।

१४. उच्च शिक्षामा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली (क्युएए) कार्यक्रमका लागि एउटा छुट्टै स्वायत्त निकायको रुथापना गर्ने कार्यका सन्दर्भमा नियमावली तयार भई कार्यान्वयनमा रहेको छ। हालसम्म १७ वटा शैक्षिक संस्थालाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्रदान गरिएको छ।

१५. भुकम्पबाट प्रभावित ३१ जिल्लाका १ हजार भन्दा बढी सामुयायिक विद्यालयहरूमा कक्षाकोठा निर्माणका लागि रकम विनीयोजन
गरिएको।

१६. अस्थायी शिक्षकलाई स्थायी गर्ने प्रकृयामा सहजता ल्याउनका लागि शिक्षा विधेयक(आठौ संसोधन) लाई थप केही परिमार्जन सहित संसदमा पेश गरिएको।

१७. प्राविधिक शिक्षा तथा व्यावसायीक तालिमका केन्द्रमा वर्षौदेखि आवेदन दिई संचालन स्विकृतिका लागि थाति रहेका
विभिन्न संघ संस्थाका आवेदनहरूको जाचबुझ गर्नका लागि विज्ञ टोली गठन।

१८. देशभरका शिक्षा मन्त्रालयसुंग समन्वय नगरी संचालित विभिन्न तालिम प्रदायक संस्थाहरूलाई अनुगमन गरी अवैधानिक रूपमा संचालित संस्थारुको खारेजी।

प्रतिक्रिया दिनुहोस्