इपिएसको स्वर्ण जयन्ती



 

मिनभवन र लगनटोलमा अवस्थित एन्.के.सिंह मेमोरियल इङ्लिस प्रिपरेटरी माध्यमिक विद्यालय (इपिएस) ले स्थापनाको स्वर्ण जयन्ती (५०औँ वर्षगाँठ) तथा विद्यालयका संस्थापक प्रिन्सिपल स्वर्गीय एन्.के.सिंहको जन्म दिवस विविध साांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको छ। कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा २०७३ मा सफलता हासिल गर्ने विद्यार्थीलाईसम्मानसमेत गरिएको छ। माध्यमिक शिक्षा परीक्षा २०७३ मा सहभागी १ शय ४ परीक्षार्थीमध्ये उत्कृष्ट जिपिए प्राप्त गर्ने श्वेता प्रधान, अभिशेक शाह र सञ्जोगराज गिरी एन्.के.सिंह स्मृति शिक्षा पुरस्कार, प्रमिला सिंह शिक्षा पुरस्कार तथा सुरेन्द्र तारा शिक्षा पुरस्कारबाट सम्मानित भए।

एन्.के.सिंह स्मृति शिक्षा पुरस्कार विद्यालयले संस्थापक प्रिन्सिपल स्वर्गीय एन्.के.सिंहको स्मृतिमा प्रदान गर्न थालेको हो। सो पुरस्कारको राशि जनही ५ हजार र प्रमाण पत्र रहेको छ। यो पुरस्कार प्रत्येक वर्ष एस्ईइ.मासर्वोत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई प्रदान गरिएको थियो। यस वर्ष सो पुरस्कारबाट श्वेता प्रधान, अभिशेक शाह र सञ्जोगराज गिरी पुरस्कृत भए। त्यसैगरी प्रमिला सिंह शिक्षा पुरस्कारप्रत्येक वर्ष एस्.ई.ई.मासर्वोत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई प्रदान गरिएको थियो। सो पुरस्कारको थालनी ६ वर्षअघि भएको थियो। यो पुरस्कार एल्.आर्.आइ.स्कुलका संस्थापकनिर्देशकद्वय शिवराज पन्त र उहाँकी धर्मपत्नी यशोधरा पन्तबाट भएको हो। एक लाखएकाउन्न हजार रुपियाँको अक्षयकोष खडा गरी यो पुरस्कार प्रदान गर्न थालिएको विद्यालयका प्रिन्सिपल प्रमिला सिहले जानकारी दिनुभयो। सो पुरस्कारको राशि ५ हजार रुपियाँ रहेको छ। यस वर्ष सो पुरस्कारबाट अभिशेब शाह र सञ्जोगराज गिरी विभूषित भए।
सुरेन्द्र तारा शिक्षा पुरस्कारको थालनी डा.सुरेन्द्र प्रधानाङग र तारा कायस्थबाट यसै वर्षदेखि सुरु गरिएको हो। यो पुरस्कार एक लाख एकाउन्न हजारको अक्षयकोष खडा गरी डा.सुरेन्द्र प्रधानाङग र तारा कायस्थले प्रत्येक वर्ष एस्.ई.ई.मा उत्कृष्टमा सर्वोत्कृष्ट स्थान हासिल गर्ने एक जना विद्यार्थीलाई प्रदान गरिन्छ। यस वर्ष सो पुरस्कारबाट श्वेता प्रधान विभूषित भइन्। सो पुरस्कारको राशि १० हजार रुपियाँ रहेको छ।

विद्यालयले एसईईमा उत्कृष्टमा सर्वोत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरूलाई प्रत्येक वर्ष माउन्टेन फ्लाइटको टिकट प्रदान गर्दै आएको छ। यस वर्ष समान ग्रेड प्वाइन्ट ३.८ प्राप्त गर्ने विद्यार्थीत्रय श्वेता प्रधान, अभिशेक शाह र सञ्जोगराज गिरीले प्राप्त गरे। यस वर्ष पनि सो टिकट सिम्रिक एयरले ्रवद्र्धनगरेको हो। विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्दै कार्यव्रmमका प्रमुख अतिथि सांसद उमेश श्रेष्ठले स्कुलले विविध आरोह अवरोहका बाबजुद ५० औँ वर्षगाँठ मनाएकोमा बधाई दिनुभयोृ।

स्कुल स्थापना हुँदा जम्मा सात आठ ओटा विद्यालय रहेकोस्मरण गर्दै उहाँले हाल अहिले नेपाल अधिराज्यभर निजी स्तरका आठ हजारभन्दाबढी विद्यालय रहेको जानकारी गराउनुभयो। उहाँले यस्ता पुराना विद्यालयले अगुवाको भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्दै शैक्षिक हब निर्माण गरेरगरिबका बच्चाहरूलाई पनि गुणस्तरीय शिक्षा उपलब्ध गराउनमा जोड दिनुभयो। त्यसैगरी आगन्तुक अतिथि तथा अभिभावक विद्यार्थीलाई स्वागत गर्दै प्रिन्सिपलप्रमिला सिंहले सबैको साथ र सहयोग पाएर नै विद्यालय अघि बढेको, नेपालको शैक्षिक विकासमा विद्यालयले महत्वपूर्ण टेवा पुर्याएको, निजी विद्यालयकोमाझमा इपिएसले सेतुको काम गरेको बताउनुभयो।

उक्त कार्यव्रmममा पूर्व विद्यार्थी तथा पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, समाजसेवी,शिक्षाविदहरूको उपस्थिति रहेको थियो। कार्यव्रmममा विभिन्न भाषाभाषी,भेषभुषा, संस्कृति, देशप्रेम झल्काउने गीत,सङ्गीत तथा नृत्य, नाटक प्रस्तुत गरिएको थियो। सोही स्कुलकी पूर्व विद्यार्थी विदुषी गिरीद्धारा कोरियाग्राफी गरिएको रामायणमा आधारित प्रस्तुति हेरेर अभिभावक,विद्यार्थी, शिक्षक शिक्षिका तथा अतिथीहरूले आँखाबाट आँशु झारेका थिए।

प्रतिक्रिया दिनुहोस्