किन गरियो बाराका एमाले उम्मेदवारको नागरिकता खारेज ?



नेपाल समाचारपत्र,वीरगञ्ज ।
बाराका एक जना एमाले उम्मेदवारको नागरिकता खारेज भएको छ। दोहोरो नागरिकता लिएको कारण निजगढ वडा नम्बर ४ मा अध्यक्षमा एमालेबाट उम्मेदवारी दिएका जयराम कुनवरको नागरिकता जिल्ला प्रशासन कार्यालय बाराले खारेज गरेको हो।

उनले २०६३ माघ २१ गते घुम्ती टोलीमार्फत् निजगढ–४ बाट लिएको नागरिकता खारेज भएको हो। यसअघि २०६० वैशाख १४ गते उनले पहिलो पटक इलाका प्रशासन कार्यालयबाट जयराम कुँवरको नाममा ९६७३ नम्बरको नागरिकता लिएका थिए।

उम्मेदवारी दर्ता गराउँदा पेश गरेको नागरिकता खारेज भएपछि उनको उम्मेदवारी खारेज हुन्छ कि हुन्न भने प्रश्न जिल्ला निर्वाचन कार्यालय बाराले निर्वाचन आयोगमा जानकारी गराएको थियो । ्

प्रतिक्रिया दिनुहोस्