कांग्रेस नेता प्रदीप पौडेल जापान इमिग्रेसन नियन्त्रणबाट छुटे



जापान (टोक्यो) । जापानी अध्यागमनको नियन्त्रणमा परेका नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल नेपाल फिर्ता पठाइएका छन् ।

पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन कांग्रेस नेताहरु धनराज गुरुङ र प्रदीप पौडेललाई निम्त्याइएको थियो । शनिबार अपरान्ह टोक्योस्थित हानेदा विमानस्थल आइपुगेका उनीहरुमध्ये गुरुङलाई प्रवेश अनुमति दिइए पनि पौडेल र उनीसँगै रहेका स्वास्थ्यखबर पत्रिकाका प्रकाशक अनिल न्यौपानेलाई भने अध्यागमनले नियन्त्रणमा लिएको थियो ।

 

२४ घण्टा नियन्त्रणमा राखेर सोधपुछ गरेपछि उनीहरुलाई नेपाल फिर्ता पठाइएको बताइएको छ । पौडेललाई रिहा गर्न टोक्योस्थित नेपाली राजदूतावास र नेपालबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासमेतले फोन गरेर कोसिस गरे पनि सफल हुन सकेको थिएन ।

 

प्रतिक्रिया दिनुहोस्