भिडियोमा दशैं आयो



 

गुल्मी, (नेस)। लोकदोहोरी गायिका शिलु भट्टराईको दशैं विशेष गीत सार्वजनिक भएको छ। विशेष गरी चाडपर्वका गीतहरु सार्वजनिक गरेर चर्चामा रहेकी गायिका भट्टराईले यस वर्षको दशैंको पर्वका लागि पनि म्युजिक भिडियोसहित दशैं आयो सार्वजनिक गरेकी हुन्।

चाडपर्वसँगै कलाकारले सार्वजनिक गर्ने गीतहरुले पनि थप रौनकता भित्त्याउने गर्दछ। हिन्दूहरुको महान पर्वका रूपमा मनाइने दशैंसँग सम्बन्धित रहेर गायिका भट्टराईले गत वर्षजस्तै यस वर्षको दशैं पर्व विशेष गीत बजारमा ल्याएकी हुन्।
गायिका शिलु भट्टराई र कुलेन्द्र विकको स्वर रहेको गीतमा शिव हमालको लय शब्द रहेको छ। महान् पर्व वडादशैं आयो सँगै गाउँघरमा खुसी रमाइलो ल्यायो भन्ने मुख्य भाव गीतमा रहेको गायिका भट्टराईले बताइन्। विन्ध्यावासिनी म्युजिक प्रालिले बजारमा ल्याएको गीतको म्युजिक भिडियोमा सुमन पौडेल र गीता केसीको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्