अर्बूद रोग निवारणसंघले गर्यो प्रभातफेरि



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल अर्बूद रोग निवारण संस्थाले ३५औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरि र्यालीको आयोजना गरेको छ। प्रभातफेरि बागबजारबाट शुरु भई रत्नपार्क न्यूरोड हुँदै पुनः बागबजार पुगेको थियो।

सो अवसरमा संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले अर्बूदरोग निराकरणका उपायका बारेमा प्रकाश पार्नुभएको थियो भने शाखाका सभापति अजयसिंह सुवालले शाखाले गरेका गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्