के हो ‘क्यासिनी’ अन्तरिक्ष यान ? नासाको महत्वाकांक्षी मिसनको अन्त्य



चार खर्ब रुपैयाँ खर्च भएको यान शनि ग्रहमा शुक्रबार साँझ ठोक्काइएको हो

अमेरिका । ३.९ बिलियन डलरको महंगो अनुसन्धान मिसन शुक्रबार पूरा भएको छ । १३ वर्ष लामो अन्तरिक्ष यात्रा पूरा गर्दै शनि ग्रहको मण्डलमा पुगी नासाको क्यासिनी नामक अन्तरिक्ष यान (स्याटेलाइट) ले आफ्नो मिसन पूरा गरेको हो ।

१५ सेप्टेम्बर १९९७ मा क्यासिनीलाई अन्तरिक्षमा पठाइएको थियो । यसअवधिमा यसले ७.९ बिलियन किलोमिटरको यात्रा सकाएको छ । झण्डै चार खर्ब नेपाली रुपैयाँ उक्त यानमा खर्च भएको साइन्समा हुने खर्चको लेखाजोखा गर्ने साइन्सियोग्रामले जनाएको छ ।

त्यसको खर्च प्रतिअमेरिकी ११ डलरबराबरको ३।२ बिलियन डलर नासाले, १ डलर प्रतियुरोपेली नागरिकको बराबर ५०० मिलियन डलर र इटालेली प्रतिनागरिकको भागमा पर्ने ३ डलरबराबरको २०० मिलियन डलर इटालीको तर्फबाट खर्च भएको छ ।
४ लाख ५३ हजार ४८ वटा तस्बिरहरु खिचेको छ । त्यस्तै क्यासिनीले ६ सय ३५ जीबी डाटा मात्रै संकलन गरेको छ । यस क्रममा ६ वटा शनिका नयाँ चन्द्रमा पत्ता लगाएको छ । त्यस्तै यसले शनिको चन्द्रमा एन्सेलाडुसको क्रष्टभित्र एउटा तरल समुद्र पत्ता लगाएको छ । त्यहाँ जीवन रहेको हुनसक्ने अनुमान समेत गरिएको छ । यो मिसनमा कम्तीमा पनि पाँच हजार वैज्ञानिकहरुको योगदान रहेको छ । तर २० वर्षलामो अन्तरिक्ष बसाइका क्रममा अहिले यसको इन्धन सकिएको हो ।

करिब १ लाख २० हजार किमि प्रतिघण्टाको रफ्तारमा क्यासिनी नामको स्याटेलाइटले शनिको मण्डलमा ठोक्किएर मिसन अन्त्य भएको वैज्ञानिकहरुले बताएका छन् । यसबाट वैज्ञानिकहरुले अन्तिममा पृथ्वीसँगको रेडियो सम्पर्क टुट्नै लाग्दा स्याटेलाइटबाट महत्वपूर्ण सूचना आइपुग्ने आशा गरेका थिए ।

शुक्रबार साँझ यो स्याटेलाइट शनिको सतहमा ठोक्काइएको हो । अमेरिकाको क्लालिफोर्नियास्थित पासाडेनामा रहेको नासा जेट प्रपल्सन ल्याब्रोटरी जेपीएलबाट यसलाई नियन्त्रणमा राखिएको थियो । यो यस मिसनमा आबद्ध वैज्ञानिकहरुको लागि तीतोमीठो क्षण थियो । यो मिसन अन्त्य हुनासाथ वैज्ञानिकहरुले एकअर्कामा अंकमाल गरेर खुसी मनाएका थिए ।

यूएस स्पेस एजेन्सीका पूर्वप्रमुख एवं वैज्ञानिक एलेन स्टोफान उक्त यानको राडार इन्स्ट्रुमेन्ट समूहकी एक सदस्य समेत हुन् । उनले यसलाई अचम्मको विज्ञान मानेकी छिन् । टिटान जुन शनि ग्रहको चन्द्रमा पनि हो । जहाँ यी वैज्ञानिक पुनः मिसन पु¥याउन चाहन्छिन् र शनि ग्रहबारे थप अनुसन्धान गर्न चाहन्छिन् ।

क्यासिनीले वैज्ञानिकहरुको शनिबारेको बुझाइलाई परिष्कृत गरिदिएको छ ।

यो ग्रह सूर्यलाई परिक्रमा गर्ने बुध, शुक्र, पृथ्वी, मंगल र बृहस्पतिपछिको ग्रह हो । क्यासिनीले पठाएको सूचनाअनुसार शनिको संसार ठूलो आँधी बादलहरुले घेरिएको छ भने यसको जटिल चक्रीय व्यवस्थामा आइस ९हिउँ०का टुक्राहरु चलायमान रहेको अनुमान गरिन्छ । टिटान र एन्सेलाडुस यसका चन्द्रमाहरु हुन् । जसभित्र रहेको हिम चट्टानभित्र प्रशस्तै पानीको भण्डार रहेको मानिन्छ । जसलाई वैज्ञानिकहरुले सामान्य जीवनको अस्तित्व रहनसक्ने अनुमान गरेका छन् ।

क्यासिनीले यस अवधिमा यस ग्रहबारेका हजारौँ तस्बिरहरु पृथ्वीमा पठाउन सफल भएको छ । यसको इन्धन समेत केही किलोमा झरिसक्दा यसलाई सौर्यप्रणालीको बाहिर अनियन्त्रित रुपमा भौँतारिन दिनुभन्दा तीव्र गतिमा शनिमा ठोक्काउन वैज्ञानिकहरुले चाहेका थिए । नासाका क्यासिनी प्रोजेक्ट मेनेजर अर्ल मेजका अनुसार यो नै उपयुक्त समाधान थियो ।

 

शनिको चक्रदेखि बाहिरै क्यासिनीलाई राख्न सकिने भए पनि वैज्ञानिकहरुले यसो गर्न चाहेनन् । किनकि त्यसो गर्दा वैज्ञानिक फाइदा केही नदेखिएको उनीहरुको भनाइ छ । बरु यसलाई ठोक्काउँदा केही महत्वपूर्ण सूचना मिलिहाल्ने पो हो कि भन्नेमा वैज्ञानिकहरु देखिएका हुन् ।

उक्त यानको नक्षत्रमार्गलाई थप कसिलो बनाएर गत अप्रिलदेखि नै यो यान शनितिर वैज्ञानिकहरुले उडाइरहेका थिए । यस क्रममा अनुसन्धाताहरुले शनि चक्रभित्रका केही महत्वपूर्ण भित्री दृश्य देख्न पाए । खास गरी यसको ग्यास खामबन्दीको निर्माण संरचना र शनिकै भित्री संरचनाको ज्ञानमा यसले मद्दत ग¥यो । वैज्ञानिकहरुले सोझै शनितिर यानलाई मार्गनिर्देश गरेर नयाँ वैकल्पिक अनुसन्धानतर्फ अगाडि बढ्ने क्रममा यसलाई ग्रहमा ठोक्काइएको हो ।

सम्भव भएसम्म मिल्ने गरी यानका आठ उपकरणको स्विच अन गरिएको थियो । यद्यपि क्यासिनीले शनिको अनियमित ग्यासको आकारभित्र पसेपछि स्वनियन्त्रण गुमाउने वैज्ञानिकहरुले अनुमान गरेबमोजिम यान र पृथ्वीको सम्पर्क टुटेको हो । यस क्रममा क्यासिनीले खस्ने क्रममा भाँचिएर पग्लिने र यसका सबै अंशहरु शनि ग्रहकै एउटा भाग भएर बस्नेछ । पृथ्वीलाई आधार क्षेत्र बनाएको टेलिस्कोपले क्यासिनीको सुरुवाती विस्फोटन हेर्ने प्रयास गर्ने वैज्ञानिकहरुको भनाइ थियो ।

यसका नियन्त्रकहरुले बिहीबार मात्रै यसबाट अन्तिम तस्बिरहरु पाएका थिए । यसमा शनिका चक्रीय दृश्यहरु समावेश रहेको बताइएको छ । यसमा जडित क्यामेराहरु क्यासिनी खस्ने बेलामा यानबाट अलग हुने उनीहरुको भनाइ छ । शनिको चन्द्रमा एन्सेलाडुसबारे पत्ता लगाइएका तथ्यहरु खगोलीय विज्ञानका महत्वपूर्ण उपलब्धिहरु रहेको नासा प्रोजेक्ट वैज्ञानिक लिन्डा स्पिल्करले बताइन् ।

वैज्ञानिकहरु वर्षौँदेखि हाम्रै सौर्य प्रणालीका कुनै पनि ग्रहमा जीवन हुनसक्ने विश्वासमा त्यसको खोजी गरिरहेका छन् । यो पनि सोही मिसनमध्येको एउटा हो । यो मिसन नासा, युरोपेली र इटालेली अन्तरिक्ष संस्थाहरुको साझा मिसन पनि हो ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्