म्याट्रिक्सलाई अन्तर्राष्ट्रिय मान्यता



नेपाल समाचारपत्र, बाँके । म्याट्रिक्स उड इन्डस्ट्रिज प्रालिले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । उसका उत्पादनलाई हेरेर इन्डोनेसियाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘सर्टिफिकेट’ दिएको छ ।
म्याट्रिक्सले नौ महिनादेखि नेपालका विभिन्न ठाउँमा आफ्नो उत्पादन पु¥याइरहेको छ । धनगढीमा शाखा र नेपालगञ्ज, बुटवल, नारायणघाट, धरान र काठमाडौंलगायत १८ ठाउँमा डिलरमार्फत आफ्ना उत्पादन पु¥याइरहेको म्याट्रिक्सका निर्देशक विष्णुबहादुर रिमालले जानकारी दिनुभयो ।
म्याट्रिक्सले तयारी ढोका, फिटिङ हार्डवेयर, डिजिटल लेमिनेटेड बोर्डलगायत बनाउने गर्दछ । त्यसका लागि अहिले ७० प्रतिशत कच्चा पदार्थ भारतबाट ल्याइरहेको छ भने ३० प्रतिशतमात्रै नेपाली रहेको छ ।
म्याट्रिक्स प्रालिका अध्यक्ष जीआर भूसालले आफ्ना उत्पादन ३९ वटा जिल्लामा पु¥याएको बताउनुभयो । ‘हामी पाँच वर्षको ग्यारेन्टी दिन्छौं, अध्यक्ष भूसालले भन्नुभयो, अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएकाले म्याट्रिक्सका उत्पादनको अहिले माग बढ्दो रहेको छ ।’ भूसालले विश्वव्यापी मान्यता प्राप्त उत्पादनलाई नेपालमा सहज बनाउने सोचले अघि बढेको बताउदै नेपालकै कच्चा पदार्थ प्रयोगका लागि प्रयास गरिरहेको बताउनुभयो । म्याट्रिक्सले नौ महिनामा तीन करोडको कारोबार गरेको अधिकारीहरुले बताए ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादनलाई नेपालीले भारतबाट आयात गरेर पैसा उता पठाइरहेकाले अब यही गुणस्तरीय उत्पादन पाउने अवसर जुराएको भूसालले बताउनुभयो ।
शुक्रबार पत्रकार भेटघाटसँगै प्रमाणपत्र हस्तान्तरण गरिएको छ । सो अवसरमा नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रीय उपाध्यक्ष दामोदर आचार्य, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, हिसानका ईश्वर पोखरेललगायतले नेपालको औद्योगिक विकासमा यसले एउटा इट्टा थपेको प्रतिक्रिया दिनुभयो । ‘गुणस्तर कायम गरेर सेवा उत्पादनलाई विश्व बजारमा लैजान ढोका खुलेको र यसले व्यापारीलाई खुशी तुल्याएको’ उनीहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्