वीरगन्जबाट अयोधिको गर्जन, ‘होसियार हुनुहोस् भरतपुरकाण्ड दोहोरिन सक्छ’



कृष्णउदास खनाल, वीरगन्ज
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रयाद यादवले स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मतगणनाा गर्दा विशेष सावधानी अपनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ।

जिल्ला निर्वाचन कार्यालय पर्साले हिजो शुक्रबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त यादवले विगतको समयमा मतगणना गर्दा केही त्रुटि भएको हुँदा सचेत रहन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिनुभयो। उहाँले मतगणना गर्दा ढिला भए पनि नआत्तीकन मतगणना गर्न निर्देशन दिनुभयो। मधेसको आठवटै जिल्लामा असोज २ गते हुने स्थानीय तहको निर्वाचनको सबै तयारी पूरा भएको पनि सो क्रममा उहाँले बताउनुभयो।

शुक्रबारबाट आठैवटै जिल्लाको सबै मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण कार्य जारी रहेको बताउनुभयो। मतदाता परिचयपत्र नभएका तर मतदाता सूचीमा नाम समावेश भएकाको सवालमा २ गते अगाडि नै एउटा निर्णय गर्ने मनस्थितिमा आफूहरूे रहेको उहाँले जानकारी दिनुभयो।

निर्वाचन कार्यालय पर्साका प्रमुख निर्वाचन अधिकृत विष्णु सुवेदीले जिल्लाको ३ सय ४४ मतदान केन्द्रमा अधिकृतसहित कर्मचारी पुगिसकेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्