बेथिती र राजधानी



हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा, भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा भन्ने कविता धरहराले उहिल्यैदेखि सुनेको थियो। यो कथन राजधानीबासीका लागि अहिले एउटा कथाजस्तो भएको छ। अहिले दशैंको मौसम शुरू हुन लागेको छ।

नेपालीहरूको मनमा उमङ्ग छाएको पनि छ। तर अहिलेको राजधानीको अवस्था हेर्ने हो भने त्यो उमङ्ग कहीँ कतै देखिँदैन। राजधानीमा पानी परे हिलो र घाम लागे धूलोले हैरान बनाएको छ।

दिउँसो सडकमा हिँडेको मान्छे बेलुका घर पुग्दा चिन्न नसक्ने अवस्थामा पुग्छन्। कतै कवि लेखनाथ पौड्यालले लेखेको त्यो कविताले राजधानी बासीलाई जिस्क्याएको हो कि जस्तो लाग्यो। राजधानीमा देखिएको बेथितिले अहिले सबैलाई हैरानी मात्रै बनाएको छैन, राजधानी छोडेर लामो यात्रामा निस्कन बाध्य बनाएको महसुस धरहराले गरेको छ।

प्रतिक्रिया दिनुहोस्