बाहिनी अड्डा पहिलो



काठमाडौं, (नेस)
प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता २०७४ मा श्री नं. १६ बाहिनी अड्डा पहिलो तथा श्री उपत्यका पृतना हेडक्वाटर र श्री मध्य पृतना हेडक्वाटर संयुक्तरूपमा दोस्रो भएका छन्।

शुक्रबार समापन समारोहमा प्रधानसेनापति ट्रफी पृतना रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनल खेलमा श्री पश्चिम पृतनाले उपाधि हात पार्यो।

यसैगरी म्याराथन र १० किमि दौडमा पहिलो भएका क्रमशः कृष्ण बस्नेत र लालबहादुर थापा ‘नीर शमशेर जबरा पुरस्कार’बाट सम्मानित भए। महिलातर्फ तेक्वान्दो खेलाडी ज्ञानी चुनारालाई ‘अजेयबल ट्रफी’ दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्