राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भयो– आयोग



 

काठमाडौँ, ३० भदौ । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा बालबालिकाको प्रयोग भएको भन्दै आपत्ति जनाएको छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनका क्रममा प्रदेश नं २ को स्थलगतरुपमा सूक्ष्म अध्ययन गरिरहेको जानकारी दिँदै आयोगले मानव अधिकारको सुनिश्चितता गर्नु आयोगको कर्तव्य रहेको भन्दै राजनीतिक क्रियाकलापमा बालबालिकाको प्रयोग नगर्न आग्रहसमेत गरेको छ ।

आयोगको अनुगमन कार्यमा अवरोध सिर्जना नगर्न तथा निर्वाधरुपमा सहयोग पु¥याउन सम्बन्धित सबैमा समेत आयोगले अनुरोध गरेको छ ।

आयोगकी प्रवक्ता मोहना अन्सारीले एक विज्ञप्तिमार्फत प्रदेश नं २ का आठवटै जिल्लामा आयोगका सदस्य, सचिवसहितको उच्चस्तरीय टोली अनुगमनका लागि परिचालित भएको जानकारी दिनुभयो ।

प्रतिनिधिमण्डलले राजनीतिक दलले शान्तिपूर्वक भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाए÷नपाएको, बालबालिकाको प्रयोग भए÷नभएको लगायतका विषयमा समेत अनुगमन गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्