दशैं र पैसा



 

दशैं लाग्यो। कसरी दशैं मनाउने होला भनेर गनथन गर्नेको भीड राजधानीमा ठूलै देखिन्छ। मान्छे कोही घर जाने तयारीमा छन् भने कोही सरसामान खरिद गर्न व्यस्त देखिन्छन्। सबैको व्यस्तता अहिले हेर्न लायकको देखिन्छ। राजधानीको एउटा जिल्ला ललितपुर प्रहरी परिसरका एक जना प्रहरी निरीक्षकले भने दशैं खर्चका लागि गर्ने गरेको हर्कतले भने धरहरा परिसान भएको छ। विश्व थर गरेका प्रहरीका ती हाकिमले झमेलका रेस्टुरेन्ट व्यवसायीलाई थर्काएर पैसा उठाएको दृश्य देखेर धरहरा तीनछक परेको छ। हैन ती हाकिमले आफ्ना विश्वास पात्रलाई मात्र रात्री डइ्ुटीमा खटाउने र त्यहाँबाट आउने द्रव्यलाई भाग शान्ति गर्ने गरेको अर्को उदेक लाग्दो दृश्य पनि धरहराले बेला बेला देख्दै आएको छ। मिठो बोलीका धनी विश्व हाकिमहरूलाई तत्कालै प्रभाव पार्न सक्ने व्यक्ति हुन्। उनले नयाँ आउने सबै हाकिमको चाकडी गर्ने तरिका पनि धरहराले देखेको छ है पाठकवृन्द!

प्रतिक्रिया दिनुहोस्