१२ हजार मेगावाट विद्युत् खपत गर्न सक्ने लक्ष्य



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल विद्युत प्रँधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाई आर्थिक रूपमा समृद्ध बनाउन जनताको लगानीमा विद्युत् आयोजनाको दु्रत विकास गर्ने र जलाशययुक्त र पिकिङ आयोजनाहरू निर्माणमा विषेश पहल गरिने बताउनुभएको छ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका आफ्नो एक वर्ष पूरा भएको सन्दर्भमा घिसिङले कार्यकालको समीक्षा र आगामी योजनाका बारेमा जानकारी गराउँदै ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्ने र प्राधिकरणलाई आर्थिक रूपमा सक्षम र सवल बनाउँदै व्यावसायिक संस्थाको रूपमा विकास गर्ने बताउनुभएको छ। एक वर्षको अवधिमा दैनिक १२ घण्टा लोडसेडिङको अन्त्यसँगै प्रँधिकरणको घाटा पनि कम गरेका छन्। कार्यकारी निर्देशकका रूपमा एक वर्ष कार्यकाल पूरा गरेपछि घिसिङले समस्या र चुनौतीको चाङ रहेको प्राधिकरणको ‘हट चियर’ लाई लामो समयको अनुभव, दृढ इच्छाशक्ति, आत्मविश्वास र इमान्दारिताले आफू सफल भएको घिसिङको भनाइ छ।

आगामी १० वर्षभित्र करिब १२ हजार मेगावाटसम्मको विद्युत् खपत गर्न सक्ने गरी मुलकका प्रमुख शहरी तथा औद्योगिक क्षेत्रमा वितरण प्रणाली विस्तार गर्ने कार्ययोजना घिसिङको छ। विद्युत् चुहावट घटाउन, सेवा प्रवाहमा दक्षता अभिवृद्धि गर्ने तथा जलविद्युत् माग व्यवस्थापन गर्न विशेष जोड दिने बताउनुभएको छ। त्यसैगरी पूर्व–पश्चिम र उत्तर–दक्षिण जोड्ने उच्च भोल्टेजका प्रसारणलाइनहरू निर्माण सम्पन्न गर्ने र छिमेकी देशहरूसँग जोड्ने अन्तर्देशीय प्रसारणलाइन निर्माणमा जोड दिइने घिसिङले बताउनुभयो।

कार्यकारी निर्देशकमा नियुक्त भएपछि एक वर्षको कार्यप्रगति एवम् आगामी कार्ययोजनाका सार्वजनिक गर्दै प्राधिकरणको संस्थागत सुधार एवं पुर्नसंरचना गर्नका लागि प्रँेत्साहित गरेको र प्रधानमन्त्री, ऊर्जामन्त्री, ऊर्जा सचिवलगायत कर्मचारी र राजनैतिक दलको ढाडस र सहयोगले आफू सफल भएको घिसिङले बताउनुभयो। ‘मैले जिम्मवारी समाल्दा वर्षातमा ८ घण्टा र हिउँदमा १२ घण्टा लोडसेडिङ भोगिरहेको अवस्था थियो। तर, हामीले लोडसेडिङ सदाका लागि अन्त्य गर्न ‘उज्यालो नेपाल’ अभियान शुरू गर्यौँ र त्यसमा सफल पनि भएका छौँ।’ कार्यकारी निर्देशक घिसिङले लोडसेडिङ अन्त्य गर्न सकिन्छ भन्दा आमनागरिकले पत्याउने अवस्था नरहेको तर माग र आपूर्तिको कुसल तथा वैज्ञानिक व्यवस्थापन एवं प्रभावकारी सञ्चालनमार्फत प्रमामिण गरिएको बताउनुभयो। गतवर्ष लक्ष्मीपूजाको दिनलाई लोडसेडिङ अन्त्यको प्रस्थान बिन्दुका रूपमा लिइएको सम्झदै घिसिङले उज्यालोतर्फको यात्रा जारी रहने बताउनुभयो।

हाल औद्योगिक क्ष्ँेत्रमा बेलुकाको २ देखि ३ घण्टाबाहेक लोडसेडिङ छैन। तर, घिसिङले लोडसेडिङ अन्त्यमा मात्रै चित्त बुझाउने र यसमै रमाउने हो भने आगामी दिन झन् अध्यारोतर्फ धकेलिक सक्ने बताउनुभयो। ‘यसतर्फ हामी सचेत छौँ र अलपत्र रहेका जलविद्युत् आयोजना र प्रसारण तथा वितरण लाइनमा आयोजनाको काम तीव्ररूपमा अगाडि बढाउन हामी प्रयासरत छौं।

वित्तीय सुधार, प्रशासनिक एवं संस्थागत सुधार लगायत उत्पादन र प्रसारण, वितरण र विद्युत् व्यापारका विषयमा एक वर्षे कार्यकालमा हासिल गरेका मुख्य उपलब्धिलाई वित्तीय सुधारतर्फ आर्थिक वर्ष २०७२⁄७३ मा ८ अर्व ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण गत आर्थिक वर्षमा ९७ करोड ८९ लाखमा सीमित भएको छ।‘उपयुक्त स्थानमा उपयुक्त व्यक्ति’ भन्ने अवधारणाका आधारमा कर्मचारीहरूलाई जिम्मेवारी दिई प्रशासनिक सुधारतर्फ लगेको, विगत १३ वर्षदेखि हुन नसकेको आधिकारिक ट्रेड युनियनको चुनाव सम्पन्न गरेको र इन्जिनियरिङ कम्पनी स्थापना गरी क्रियाशील बनाएको लगायतका विषय समेटिएका छन्।

उत्पादनका क्षेत्रमा पनि अलपत्र अवस्थामा रहेका र निर्माणाधीन आयोजनाको कामलाई सुचारु गरी निर्माणलाई तीव्रता दिइएको मुख्य उपलब्धिका रूपमा रहेकोछ। चमेलिया, त्रिशुली ३ ए, कुलेखानी तेस्रँे, राहुलगाड जलविद्युत्, माथिल्लो त्रिशुली थ्रि बी, तनहुँलगायत आयोजनाको काम अगाडि बढ्नुलाई पनि घिसिङको सफलताका रूपमा हेरिएको छ। २ सय २० केभी खिम्ती ढल्केवर, १ सय ३२ केभी हेटौडा–कुलेखानी–स्युचाटार, १ सय ३२ केभी बचाँच अत्तरिया, ४ सय केभी खिम्ती–बाह्रबिसे–काठमाडौं प्रसारणलाइनलगायत प्रसारणलाइनको निर्माणको कामलाई प्रसारणतर्फको उपलब्धिका रूपमा लिइएको छ। वितरण तथा ग्राहक सेवा क्ष्ँेत्रमा अनलाइन पेमेन्टको शुरूवात, ग्रँहकले सहज रूपमा मिटर पाउने व्यवस्था, स्मार्ट ग्रिड र स्मार्ट मिटर प्रणालीलाई उपत्यकामा नमुना परियोजनाका रूपमा अगाडि बढाएको जस्ता विषयलाई मुख्य उपलब्धि ठानिएको छ।

प्रतिक्रिया दिनुहोस्