बालअधिकार सुनिश्चित गर्न सरकार तयार



 

नेपाल समाचारपत्र
काठमाडौं
युवा तथा खेलकुदमन्त्री राजेन्द्र केसीले बालबालिकाको समस्यालाई मध्यनजर गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न नेपाल सरकार गर्न तयार रहेको बताउनुभयो। बालदिवसको अवसरमा नेपाल बालसंगठन नक्सालले आयोजना गरेको विविध विधाका विजयी प्रतियोगीलाई पुरस्कार वितरण गर्दै मन्त्री केसीले सो कुरा बताउनुभएको हो।

पुरस्कृत हुनेमा चित्रकलाबाट प्रथम श्री रिपुमर्दिनी सैनिक मावि बाँसबारीका विनोद बस्नेत, द्वितीय श्री नागार्जुन भ्याली स्कुल काठमाडौंकी अभिज्ञा श्रेष्ठ, तृतीय पिनाकल स्कलर्स एकेडमी कलंकीकी जेसिका थापा मगर सान्त्वना श्री अक्सिडेन्टल पब्लिक स्कुल, अनामनगरकी प्रसिद्धिका तिवारी रहेकी छिन् भने विशेष चित्रकला पुरस्कार नेपाल बालसंगठन, बाल संरक्षण गृह काठमाडौंका ऐनबहादुर रोकाय रहेका छन्।

यसै गरी समूह लोक नृत्यतर्फ प्रथम माउन्ट ग्लोरी स्कुल धापासी, द्वितीय विभूति विद्या मन्दिर ढुंगेधारा, तृतीय द सनसाइन इंग्लिस बोर्डिङ स्कुल डल्लु र सान्त्वना ब्राइट फ्युचर मावि तीनथाना र अंकुर प्रि स्कुल एन्ड चाइल्ड केयर सेन्टर अनामनगर रहेका छन्।

बालगीत प्रतियोगितातर्फ प्रथम अमर इंग्लिस स्कुल टाखा, द्वितीय लिभरपुल मावि शंखमूल, तृतीय बेबिलोन नेसनल स्कुल शान्तिनगर, सान्त्वना पुष्पाबाटीका मावि काँडाघारी र नागार्जुन भ्याली स्कुल काठमाडौं रहेका छन्। कार्यक्रमा उत्कृष्ट रचनाकार बेबिलोन नेसनल स्कुलले जूनतारा आकाशमा गीतका लागि र उत्कृष्ट संगीतकार अमर स्कुल टोखालाई हामी तल धर्तीमा बोलको गीतको लागि प्रदान गरिएको थियो।

विजयीलाई नगद, शिल्ड र प्रमाण पत्रसहित पुरस्कृत गरिएको थियो। बालमैत्री शासन बालअधिकारको सम्मान भन्ने नाराका साथ राष्ट्रिय बालदिवस मनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्