नेपाल फिफा विश्व वरियतामा६ स्थान तल !



काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) को विश्व वरियतामा नेपाल ६ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियता अनुसार नेपाल ६ स्थान तल झर्दै  १ सय ७५ औं स्थानमा पुगेको छ । नेपाल एएफसी एसियन कप छनोटअन्तर्गत गत हप्तामात्रै ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो  । जसका कारण नेपालको वरियता खस्किएको हो । फिफाको नयाँ वरियता अनुसार नेपाल दक्षिण एसियामा चौथो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत, माल्दिभ्स र भुटान छन । शीर्ष स्थानको भारत १० स्थान ओरालो लाग्दै १०७ औं स्थानमा छ भने १२ स्थान तल झरेको माल्दिभ्स १ सय ५४ औं स्थानमा छ । उता नयाँ वरियताक्रममा जर्मनी शीर्षस्थानमा रहेको छ । जर्मनीले ब्राजिललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । यस्तै ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो, अर्जेन्टिना चौथो र बेल्जियम पाँचौ स्थानमा छन ।

प्रतिक्रिया दिनुहोस्