मिनिबसका मजदुरहरुलाई प्रशिक्षण



मोतीराम तिमल्सिना, काभ्रे ।  विजयादशमीको पुर्व सन्ध्यामा यात्रुहरुको चाप, कच्चि सडकहरुमा हुने भिडभाड र चाडबाडको रौनकमा दुर्घटना न्युनिकरण गर्ने उदेश्यले मिनिबसमा कार्यरत मजदुरहरुलाई प्रशिक्षण दिईएको छ ।   नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन पनौती रुट ईकाइको आयोजनामा यातायात सेवालाई मर्यादित, ब्यबस्थित र दुर्घटना न्युनिकरण गर्ने उदेश्यले मजदुरहरुको भुमिका विषयक दुई दिने प्रशिक्षण दिईएको हो । यातायात मजदुरको क्षेत्रमा छुट्टै पहिचान बनाउन र मजदुरहरुको हकहितको पक्षमा कृयाशिल संगठनले बसमा कार्यरत मजदुहरु भेला गराई प्रशिक्षण दिएको अध्यक्ष बेदप्रसाद घिमीरेले जानकारी दिए । प्रशिक्षणको उद्घाटन गर्दे ट्राफिक महाशाखाका प्रमुख डिआईजी सर्बेन्द्र खनालले मजदुर र ट्राफिक एक अर्काका परिपुरक भएकाले उनिहरु बीचको सम्वन्ध नङ र मासु जस्तै हुने बताए ।
सडकमा बसेका ट्राफिक सर्वसाधारण र यातायात मजदुरकै सुरक्षाका लागी बसेकाले गल्ती नगरी प्रहरीले कार्वाहि नगर्नै स्पष्ट पारे । नियमको पालना यात्रु, चालक, सहचालक, ट्राफिक सबैले गर्नु पर्ने कुरामा जोड दिदै खनालले सधै पुरानै सोच र योजना अनुसार ट्राफिक समस्यालाई हल गर्न नसकिने खनालले बताए । प्रशिक्षण कार्यक्रममा यातायात मजदुरले सानो सानो कुरामा ध्यान दिने हो भने काभ्रे जिल्लाबाट नै परिबर्तन गर्न सकिने उनले बताए । ‘पहिला यातायात मजदुरले आफ्नो ब्यबहारमा परिर्वतन ल्याउुनु पर्छ, म जिम्मेवार यातायात मजदुर हुँ भन्ने सम्झनु पर्छ, विबेक पु¥यानु होस, विकासमा मजदुर र ट्राफिक नै हो, आफ्नो पेशालाई  अनुशासित र मर्यादित बनाउँदा आफै सम्मानित भएको महसुस गर्न सकिन्छ’–उनले भने ।
कार्यक्रममा नेपाल यातायात ब्यबसायी महासघंका महासचिब सरोज सिटौलाले यातायात क्ष्ोत्रमा सक्रमणकाल रहेको बताउँदै सरकारलाई महासघंले पहिलै देखी नै बैज्ञानिक भाडा दर कायम गर्नु पर्ने, यात्रुहरुको लागी सामान राख्नको लागी हुट राख्न पाउनु पर्ने, सडक सुधार तथा मर्मत गर्नु पर्ने जस्ता कुराहरु पुरा गर्न सुझाव दिए । यातायात ब्यवसायी र मजदुरहरुलाई मात्रै गाली गरेर यातायात क्षेत्र भित्रका विकृति विसंगति सुधार्न नसकिने उनको भनाई थियो । दशैका लागि अग्रिम टिकट बुकिङ्गमा सहजता तथा सहयोग गर्न महासघं तयार रहेको बताउँदै सिटौलाले हवाई जहाज चलाउने पनि चालक, सवारी साधन चलाउने पनि चालक भएकाले मान प्रतिष्ठा नै फरक भएको भन्दै यातायात क्षेत्रका मजदुरलाई पनि सबैले सम्मान गर्न सिक्नु पर्ने बताए ।
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राईले एक अर्कालाई दोष लगाउनु भन्दा सबै मिलेर काम गर्नु पर्ने कुरामा जोड दिएका थिए । नेपाल उधोग वाणिज्य महासघंका केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले काभ्रेमा पुर्वी क्षेत्रको यातायात पार्किङ्गको वसपार्क र गोदाम बनाउने वातावरण तयार गर्न लागेको बताए । ठुला सवारी साधनहरु राजधानी नजाने हो भनै ट्राफिक जाम कम हुने उनले वताए । दुर्घटना जानेर होईन, यात्रुले जथाभावी सकड पार गर्दा, सडक विग्रिएका कारण, चालकको लापरवाहि र सवारी साधनको कन्डिसनका कारण हुने भएकाले सबैले मिलेर सावधानी रुपमा काम गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा काभ्रे मिनीबस सेवा समितिका अध्यक्ष राजेश सुन्दर सैजु, जिफन्टका अध्यक्ष विदुर खत्री लगाएतले मन्तब्य राखेका थिए । प्रशिक्षण ट्राफिक महासाखाका डिएसपी विपिन गौतम, जिल्ला ट्राफिक प्रमुख शेखर जंग मल्ल लगाएतले दिएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती रुट ईकाइृका अध्यक्ष बेद प्रसाद घिमिरेको सभापत्विमा सम्पन्न कार्यक्रम सचिब शेषनाथ घिमिरेले सञ्चालन गरेका थिए

प्रतिक्रिया दिनुहोस्