यू–१९ इस्टर्न रिजन क्रिकेटः सिङ्गापुरलाई ७ विकेटले हराउँदै नेपाल बन्यो समूह विजेता



नेपाल समाचारपत्र, काठमाडौ ।
एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई ७ विकेटले पराजित गरेको छ। सिङ्गापुरलाई पराजित गरेसँगै नेपाल समूह विजेता बन्न सफल भएको छ।

सिङ्गापुरले दिएको ६८ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा नै भट्टाएको थियो। नेपालका लागि ओपनर सन्दीप सुनारले २० रनको योगदान दिए। यस्तै, अनिलकुमार साहले १८ रन जोडे। सन्दीप जोरा ७ रनमा नटआउट रहँदा नेपालको इनिङमा आसिफ सेखले ६ रनको योगदान दिए।

यसअघि मलेसियाको क्लब अमनमा टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले नेपाललाई ६८ रनको लक्ष्य दिएको थियो। सिङ्गापुर २८ ओभर ३ बलमा अलआउट भएको थियो।

सिंगापुरलाई कम स्कोरमा रोक्न नेपालका लागि पवन सर्राफले ६ विकेट लिए। ८ ओभर बलिङ गरेका पवनले ४ मेडन राख्दै १२ रन मात्र खर्चेर ६ विकेट लिएका हुन्।

यस्तै किशोर महतोले २ तथा कप्तान दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले १–१ विकेट लिए।

सिंगापुरका लागि सिद्धान्त र कप्तान आर्यमन सुनिलले २०र२० रन नबाए।

प्रतिक्रिया दिनुहोस्