निर्वाचन र आयोग



 

प्रदेश नम्बर २ मा निर्वाचन आउन केही दिन मात्रै बाँकी छ त्यहाँ निर्वाचन आचारसंहिता उल्लंघनका घटना थुप्रै भएका छन्। निर्वाचन आयोगले पटकपटक सत्तापक्षदेखि प्रतिपक्षसम्मलाई निर्वाचन आचारसंहिता उल्लंघनका घटना गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको छ तर उल्लंघन गर्नेहरूबीच तीव्र प्रतिस्प्रर्धा भएको देखेर धरहरा तीनछक परेको छ।

आचारसंहिता उल्लंघन नगर भन्छ आयोग दलका शीर्ष नेताहरू उल्लंघन गरेको गर्यै गर्छन् आयोग २४ घण्टे पुर्जी काटेजस्तो गर्छ कोही डराए पो। देशका प्रधानमन्त्री नै निर्वाचन आचारसंहिता उल्लंघन गर्न तम्सिएपछि कसको के लाग्छ र भन्या ⁄ प्रधानमन्त्री बालबालिका वारिपरि राखेर चुनावको भाषण गरिरहेका हुन्छन्। अनि यस्तो देशमा शासन खोज्ने हामी मूर्ख जनताबाहेक अरू के होला त पाठकबृन्द ?

प्रतिक्रिया दिनुहोस्