एनएमबी बैंक र आभार फाउन्डेसनबीच सम्झौता



काठमाडौ(नेस)
एनएमबि बैंकले आभार फाउन्डेसन सँग बिपन्नवर्गका ग्राहकहरूलाई लक्षित गरेर माईक्रो फाइनान्स् सेवा सम्बन्धी सम्झौता गरेको छ। सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र आभार फउन्डेसनका जनरल सेक्रेटरी सुरेन्द« सिलवाले हस्ताक्षर गर्नुभयो।

सो सम्झौताबाट एनएमबि बैंक आफैले वा बैंकको सहायक कम्पनी एनएमबि माईक्रो फाइनान्स् वित्तिय संस्था मार्फत आभार फाउन्डेसनका कार्यक्षेत्रमा पर्ने जिल्लाहरू ताप्लेजुङ्ग, दोलखा, सिरहा, नवलपरासी र कपिलबस्तुमा कृषि, पशु, साना मझौला ब्यवसाय तथा कारखाना र घरेलु तथा साना उघोगमा बिभिन्न खाले कर्जाहरू उपलब्ध गराउनेछ।

विपन्न वर्गहरूलाई नै लक्षित गरेर ल्याइएको यस कर्जाको मुख्य बिशेषता भनेकै विपन्न ग्राहकले कर्जा वापत बैंकलाई भुक्तानी गरेको सम्पुर्ण ब्याज रकम फिर्ता हुने रहेको छ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील के.सी. लेसम्झौताबाट बिपन्न वर्गहरूको वित्तीय आवश्यकता सम्वोधन हुनेमा आफू विश्वस्त रहेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्