एप्पलको आइफोन एक्स सार्वजनिक अनुहार चिन्न सक्ने विशेषता



 

सानफ्रान्सिस्को, (एजेन्सी)
१० वर्षअगाडि यसै महिना विश्वले पहिलो आइफोन समाउन पाएको थियो। १० वर्षसम्म आफ्नो ऐतिहासिक मेसिनलाई अपग्रेड गर्दै हरेक वर्षजस्तो नयाँ फोन बजारमा ल्याइरहेको चर्चित मोबाइल कम्पनी एप्पलले मंगलबार स्मार्टफोन एक्स (रोमनमा १०) सार्वजनिक गर्यो। उक्त फोनमा कुनै होम बटन हुनेछैन। कम्पनीले लामो समय प्रतिक्षारत आइफोन ८ पनि सार्वजनिक गरको छ।

आइफोन एक्स अर्थात् आइफोन १० अनुहार चिन्ने अर्थात् फेस आईडी विशेषतायुक्त हुनेछ। यसको माथिल्लो भागमा इन्फ्रारेड क्यामरा जडित हुनेछ, जसले अँध्यारोमा पनि प्रयोगकर्ताको अनुहार चिन्न सक्नेछ।

यो एप्पलको अहिलेसम्मको सबैभन्दा महँगो फोन हो। यसको मूल्य ९ सय ९९ डलरबाट शुरू हुनेछ। यसको विक्री नोभेम्बर ३ बाट शुरू हुने जनाइएको छ।
क्युपर्टिनोको स्टिभ जब्स थिएटरमा आइफोन लन्च भएको १०औं वर्षगाँठ पनि मनाइएको थियो। यसअघि कम्पनीले आइफोन ८ र आइफोन ८ प्लस लन्च गरेको थियो। ती मोबाइल बिना तार चार्ज हुन सक्ने बताइएको छ। कुनै फोनमा इनबिल्ट वायरलेस चार्जिङ सिस्टम प्रयोग भएको यो पहिलो हो।

आइफोन ८ र आइफोन ८ प्लसको ग्लास अहिलेसम्मको सबैभन्दा धेरै बलियो ग्लास हो। यो पानी र धुलो प्रतिरोध विशेषतायुक्त छ।

यसमा थ्रीडी टच र ट्रुटोन डिस्प्ले पनि राखिएको छ। यो ८३ प्रतिशत धेरै प्रकाश र धेरै क्षमताको नयाँ १२ मेगापिक्सेल सेन्सरसहित धेरै फास्ट छ। यो फोन बजारमा सेप्टेम्बर २२ देखि नै उलपब्ध हुनेछ।

आइफोन ८ प्लसको मूल्य ७ सय ९९ डलरबाट शुरू हुनेछ। आइफोन ८ मा ६४ जीबीदेखि २५६ जीबी इन्टरनल मेमोरीको मोडलमा आउनेछ। यसको मूल्य ६ सय ९९ डलरबाट शुरू हुनेछ।
यसमा टच आईडीको सट्टा फेस आईडी विशेषता हुनेछ। यसको अनौठो विशेषता भनेको अँध्यारोमा पनि काम गर्न सक्छ। आइफोन एक्सलाई हेरेकै भरमा त्यसलाई अनलक गर्न सक्छ।

इमोजीसँग कम्युनिकेट गर्न सकिनेछ। यदि तपाईं हास्नुहुन्छ भने इमोजी पनि हाँस्छ। यदि तपाईं टाउको हल्लाउनुहुन्छ भने इमोजीले पनि उसको टाउको हल्लाउँछ। यसलाई फेसियल ट्रइकिङ फिचरको माध्यमबाट तयार गरिएको हो।

प्रतिक्रिया दिनुहोस्