ताम्राकारको परिवारलाई न्याय नदिइए आन्दोलन



 

नेपाल समाचापत्र
काठमाडौं
बाइकर्स संघ नेपालले गत भदौ ७ गते नेपाल विद्युत् प्राधिकरण अगाडि भएको दुर्घटनामा मारिएका गौतम ताम्राकारको परिवारलाई उचित न्यायका लागि आन्दोलन गर्ने चेतावनी दिएको छ।

बाइकर्स संघ नेपालले बुधबार पत्रकार सम्मेलन गरेर उक्त दुर्घटनामा मारिएका ताम्राकारको उचित न्याय र प्रभावकारी सवारी ऐन निर्माणका लागि कडा आन्दोलन गर्ने चेतावनी दिएको हो।

संघका सचिव मोदनाथ भण्डारीले ताम्राकार दुर्घटनाको नाममा हत्याको शिकार भएको टिप्पणी गरे। कार्यक्रममा मृतक ताम्राकारकी श्रीमती अनिता ताम्राकारले दुर्घटनाको नाममा आफ्ना श्रीमान्को हत्या भएको आरोप लगाइन्।

गोठाटार यातायातको गाडीको ठक्करबाट सडक किनारमा पल्टिएको स्कुटरको पछाडि रहेकी श्रीमती ताम्राकारले गाडीले ठक्कर दिएको अवस्थामा श्रीमान्लाई कुनै पनि चोट नलागेको स्पष्ट पारिन्। उनले अघि थपिन्– ‘जतिबेला दुर्घटना भएको थियो, त्यतिबेला उहाँलाई केही भएको थिएन, तर बलजफ्ती गाडी चालकले ढलेको स्कुटरमाथि गाडी चलाएर हत्या गरियो।’

प्रतिक्रिया दिनुहोस्