१९७ जिल्ला न्यायाधीशको सरुवा



 

काठमाडौं, (नेस)
न्याय परिषद्ले १ सय ९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। साथै सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस गरेको छ।
निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा गरिएको सरुवाका लागि निर्वाचन आयोगले सहमति दिएको छ। न्याय परिषद्को बुधबार बसेको बैठकले न्यायाधीशको सरुवाको निर्णय गरेको हो।

त्यसै गरी आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा खटाउन न्याय परिषद्ले आयोगलाई उपलब्ध गराएको न्यायाधीशको नाम पनि सार्वजनिक गरेको छ। परिषद्ले ७७ जना न्यायाधीशको नाम आयोगलाई उपलब्ध गराएको छ। मुख्य निर्वाचन अधिकृतका लागि १० जना जिल्ला न्यायाधीश अतिरिक्त समूहमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्